default_image

6 years ago

August 15, 2019

एसीसी क्यालेन्डर सार्वजनिक, नेपाललाई छनोटमा धेरै अवसर

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ ।

पुरुष सिनियर टोलीको तालिका

एसीसीले फेबुअरीमा वेस्टर्न रिजन टि-२० छनोट आयोजना गर्नेछ । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरेबिया र युएई रहेका छन् । विजेता टोली अगष्टमा हुने एसिया टि२० क्वालिफायर खेल्न पाउने छ । उक्त प्रतियोगिता कुन देशमा हुने त्यो भने टुङ्गो लाग्न बाँकी छ ।

मार्चमा थाईल्यान्डमा ईस्टर्न रिजन टि२० प्रतियोगिता हुने छ । प्रतियोगितामा आयोजक थाईल्यान्ड सहित नेपाल, भुटान, चीन, मलेसिया, म्यानमार, हङकङ र सिंगापुर छन् । शीर्षस्थानमा रहने टोलीले अगष्टमा मलेसियामा हुने टि२० क्यालिफायरमा सहभागिता जनाउन पाउने छ ।

पुरुष टोलीका कप्तान पारस खड्का

क्वालिफायरमा इस्टर्न र वेस्टन रिजनका विजेता सहित अन्य दुई टोली गरि कुल ४ टोलीबीच प्रतिस्पर्धा हुने छ । जसबाट विजेता टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छ । एसिया टि२० एक क्वालिफायर भएर आएको टिमसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै आईसीसीको एक दिवसिय वरीयतामा एसियाको तर्फबाट टेष्ट राष्ट्र बाहेक अन्य शीर्ष ३ स्थानमा रहने टोलीले डिसेम्बरमा भारतमा हुने इमरर्जिङ एसिया कप खेल्न पाउने छन् । जुन ५० ओभरको हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित एसियाका आईसीसीको शीर्ष ३ वरीयतामा रहेका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

महिला टोलीलाई पनि अवसर

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासे।

महिला टोलीलाई पनि टेष्ट राष्ट्रसँग खेल्ने अवसर छ । मलेसियामा जुनमा महिला एसिया टि २० क्वालिफायर हुने छ । यस छनोटमा ८ टोलीको सहभागिता रहने छ । तर सहभागि टोलीको एसीसीले नाम खुलाएको छैन ।

इस्टर्न र वेस्टन रिजनबाट ४ तथा एसीसीले अन्य ४ टोलीलाई सोझैं मौका दिने छ । फाइनलमा पुग्ने टोलीले सेप्टेम्बरमा बंगलादेशमा हुने महिला एसिया कप खेल्ने छन् । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र क्वालिफायरको फाईनलमा पुगेका टिमबीच प्रतिस्पर्धा हुने छ ।

नोभेम्बरमा यू१९ एसिया कप

सन् २०२० को यू१९ एसिया कप यूएईमा हुने छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सहित इस्टर्न रिजनबाट दुई र वेस्टन रिजन २०१९ को विजेताबीच प्रतिस्पर्धा हुने छ ।

एसीसीको पूर्ण क्यालेन्डर:

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.