6 years ago
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीका कप्तान रोहित कुमार पौडेलले यसपटक टेष्ट राष्ट्रलाई नेपालसँग खेल्न गाह्रो हुने बताएका छन् ।

बिहीबार टियु क्रिकेट मैदानमा यू-१९ एसिया कप क्रिकेटको तयारीका क्रममा रोहितले यस्तो अभिव्यक्ति दिए । आगमी सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंका हुने यू१९ एसिया कपको लागि नेपाली टोली अभ्यासरत छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई, नेपाल र कुवेत छन् ।
‘तयारी राम्रो भई रहेको छ । वर्षाको कारण खेल खेल्न पाईरहेका छैनौं । इन्डोरमा अभ्यास र फिटनेसमा ध्यान दिइरहेका छौं । एसोसियट टिमसँग खेले जस्तो हुँदैन । टेष्ट राष्ट्रसँग खेल्न सहज हुँदैन,’ रोहितले भने, ‘उनिहरुको स्पिनर,मिडियम पेश बलर स्तरिय हुन्छन् । त्यहि अनुसार आफूपनि तयार हुनुपर्छ । ६,७ जनाले यसअघि नै श्रीलंकामा खेलिसकेका छौं । त्यहाँको विकेट कस्तो खेल्छ थाहा छ । टर्न राम्रो हुने ठाउँका लागि हामीसँग राम्रो स्पिनर छन् । ‘
एसिया कपमा राम्रो भन्दा राम्रो गरेर आफ्नोतर्फबाट शत प्रतिशत दिने रोहित बताउछन् । ‘एसिया इस्टर्न रिजनमा युवा खेलाडीले राम्रो खेलेका छन् । उत्कृष्ट टोली एसिया कपमा जाने छ । सबै खेलाडीले जिम्मेवारका साथ खेल्दै हामीले शत प्रतिशत दिन सक्यौ भने टेष्ट राष्ट्रलाई पनि गाह्रो हुनेछ ‘ , उनले भने ।

त्यस्तै यू१९ टोलीका प्रमुख खेलाडी तथा सिनियर टोलीका अलराउन्डर पवन सरार्फ नेपालको लागि राम्रो चुनौती हुने बताउछन् । “टेष्ट राष्ट्रलाई हराउन कसरी सकिन्छ भन्ने प्रशिक्षक,टेर्नर खेलाडीबीच सल्लाह गरिरहेका छौं । सिनियर टिममा खेलेर यू१९ मा खेल्दा निकै सहज हुन्छ”,उनले भने ।
घरेलु क्रिकेटमा एपीएफमा कुरा नमिलेर पुलिसमा सम्झौता गरेको पनि बताए । ‘एसिया कपको लागि मलाई के लाग्छ भने हामी मानसिक रुपमा तयार हुनुपर्छ । हामी अभ्यास त गरिरहेका हुन्छौं मानसिक रुपमा तयार हुन सके राम्रो गर्ने छौं । हाम्रो लक्ष्य फाइनल पुग्नु हुनेछ, ‘ पवनले भने ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]