6 years ago
August 16, 2019
एजेन्सी – आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान,पप्पुवा न्युगिनी र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज जारी छ । जसअन्तर्गत ओमानले स्कटल्यान्डमाथि ८ विकेटको सहज जित निकालेको छ । स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य ओमानले ४५.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

ओमानको सहज जितमा खवर अलीले १ सय ४० बलमा ५ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहँदै जित पक्का गरे । त्यस्तै युवा खेलाडी अकिव इलियास ९२ बलमा ४ चौका सहित ६१ र जितेन्द्र सिंह १९ रनमा आउट भए । स्कटल्यान्डका लागि मार्क वाट्ट र अदिन्द निल्लीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले ४४.४ ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्रै जोडेको थियो । उसका लागि कप्तान काइल कोइट्जरले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै विकेटकीपर मेथ्यु क्रोस ३३, क्रेग वालेस ३६ र सयाफन शरिफले १२ रन जोड्न बाहेक अन्यले राम्रो गर्न सकेनन् ।
ओमानका लागि खवर अलीले ९ ओभरमा १ मेडन सहित ४ विकेट लिए । त्यस्तै अमिर कलिम,जेशन मकसुदले समान २ विकेट लिए । फायज बुट र अकिब अलियासले समान १ विकेट लिए । यसअघि पहिलो खेलमा पप्पुवा न्युगिनीलाई ओमानले ४ विकेटले पराजित गरेको थियो ।
विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान, नामिविया, पप्पुवा न्युगिनी, स्कटल्यान्ड, यूएई र अमेरिका गरि ७ टोली रहेका छन् । झन्डै साढें २ वर्ष चल्ने लिगमा सबैले एक अर्कासँग त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली सन् २०२२ मा हुने आईसीसी विश्वकप क्वालिफायरको लागि छनोट हुने छन् । पुछारका चार टोलीले विश्वकप छनोट प्ले अफ खेल्ने छन् ।
नेपालले पहिलो विश्वकप लिग २ अन्तर्गत आगमी माघमा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्दै सुरुवात गर्ने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]