6 years ago
August 16, 2019
एजेन्सी – भारतीय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा रभि शास्त्रीले निरन्तरता पाउने भएका छन् । भारतीय क्रिकेट कन्टोल बोर्ड(बीसीसीआई) ले एक पत्रकार सम्मेलन गर्दै शास्त्रीलाई निरन्तरता दिने जनाएको छ ।

प्रशिक्षक छनोटकर्ता भारतीय पूर्व कप्तान कपिल देवले शास्त्रीले निरन्तरता पाएको पत्रकार सम्मेलनामा जनाए । प्रशिक्षकको लागि थुप्रैको आवेदन परेपनि टम मूडी, रवि शास्त्री, रोबिन सिंह, लालचन्द राजपूत, माइक हेसन र फिल सिमन्सलाई अन्तर्वार्ताको लागि बोलाएको थियो । सिमन्स भने अन्तरवार्तामा उपस्थित थिएनन् ।
शास्त्री कप्तान विराट कोहली निकट मानिन्छन् । कोहलीले एक सार्वजनिक कार्यक्रममै शास्त्री आए आफु धेरै खुसी हुने बताएका थिए । कोहली र शास्त्रीबीच राम्रो सम्बन्ध भएको देख्न सकिन्छ । कोहलीसँग तालमेल नमिल्दा सन् २०१७ मा तत्कालिन प्रशिक्षक अनिल कुम्बलेलाई हटाउँदै बिसिसिआईले शास्त्रीलाई नियुक्त गरेको थियो । शास्त्रीको अवधि इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकपसम्म रहेको हुँदा बिसिसिआईले नयाँ प्रशिक्षकको लागि आवेदन मागेको थियो ।
शास्त्रीको आगमनयता भारत टेष्टमा नम्बर वान टिम बनेको छ भने ओडीआईमा दोस्रो स्थानमा रहेको छ । शास्त्रीकै प्रशिक्षकमा विश्वकप खेलेको भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो । हाल शास्त्रीसहित भारतीय टोली वेस्ट इन्डिज भ्रमणमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]