default_image

6 years ago

August 17, 2019

श्रीलंका सहज जिततर्फ अग्रसर

106 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली श्रीलंका सहज जित तर्फ अघि बढेको छ । २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका चौथो दिनको खेल सकिदा ५० ओभरमा १ सय ३३ रन बनाउन कुनै विकेट गुमाएको छैन ।

पाँचौ तथा अन्तिम दिन श्रीलंकालाई जितको लागि १ सय ३५ रन आवश्यक पर्ने छ र उसको १० विकेट सुरक्षित छ । कप्तान दिमुथ करुणारत्ने १ सय ६८ बलमा २ चौका सहित ७१ रनमा अविजित छन् । कप्तान दिमुथलाई लाहुरु तिरिमाने ५७ रन अविजित रहँदै राम्रो साथ दिएका छन् ।

न्युजिल्यान्ड पहिलो इनिङमा २ सय ४९ रनमा समेटियको थियो । श्रीलंकाले पहिलो इनिङमा २ सय ६७ रन बनाएपछि न्युजिलयान्ड पहिलो इनिङमा १८ रनले पछि परेको थियो । दोस्रो इनिङमा न्युजिल्यान्डले २ सय ८५ रन बनाएपछि सम्रगमा श्रीलंकाले २ सय ६८ रनको लक्ष्य पाएको हो ।

दोस्रो इनिङमा न्युजिल्यान्डका लागि विकेटकीपर बिजे वाटिङले १ सय ७३ बलमा ६ चौका सहित सर्वाधिक ७७ रनको योगदान दिए । पहिलो इनिङमा डक आउट हुन पुगेका कप्तान केन विलियमसन दोस्रो इनिङमा ४ रनमै पेभिलिएन फर्केका थिए ।

त्यस्तै दोस्रो इनिङमा न्युजिल्यान्डका टम लेथम ४५,हेनरी निकोलस २६, तल्लोक्रमका विलियम सोमरविले ४० र ट्रेन्ट बोल्टले २६ रनको योगदान दिए । श्रीलंकाका लथिस एम्बुलेन्सियाले ४,धनन्जय डी शिल्भा ३, लाहुरु कुमारा २ र अलिका धनन्जयले १ विकेट हात पारे ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.