default_image

6 years ago

August 21, 2019

यू १९ एसिया कप क्रिकेट – नेपालको पहिलो खेल श्रीलंकासँग

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले यसै महिना आयोजना हुने एसीसी यू १९ एसिया कपमा आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ । एसिया कप भदौ १९ देखि २८ गते सम्म आयोजना हुँदैछ ।

नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता दुई राष्ट्रको सामना गर्नेछ ।

अर्को टेस्ट टोलीका रुपमा बंगलादेश रहेको छ । नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । यसअघिको संस्करणमा नेपालले भारतलाई हराउँदै क्रिकेट जगतमा हलचल मच्चाएको थियो ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.