default_image

6 years ago

August 22, 2019

यू-१९ एसिया कपका लागि अन्तिम टोलीको घोषणा

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

घोषणा गरेको टोलीमा सिनियर खेलाडीद्वय मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङ टोलीमा समेटिएका छन् । यसअघि भएको इस्टर्न रिजन प्रतियोगितामा तीनै खेलाडीलाई विश्राम दिइएको थियो । इस्टर्न रिजनको टोलीबाट यू-१६ का कप्तान विशालविक्रम केसी र तिलक भण्डारी टोलीमा परेका छैनन् ।

नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता दुई राष्ट्रको सामना गर्नेछ । अर्को टेस्ट टोलीका रुपमा बंगलादेश रहेको छ । नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

पूर्ण टोली :

१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सगर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का
प्रशिक्षक – विनोद दस
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुबास पात्रो

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.