default_image

6 years ago

August 23, 2019

एक दिवसिय वरियतामा नेपाल खस्कियो

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एक दिवसिय क्रिकेटको वरियतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान तल झरेर नेपाल १६औं स्थानमा पुगेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो।

वरियताको शीर्ष स्थानमा विश्व कप विजेता इंग्ल्यान्ड रहेको छ । दोस्रोमा भारत, तेस्रोमा विश्व कपको उपविजेता न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटौंमा पाकिस्तान स्थानमा छ । बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान दसौं स्थानमा छ ।

यसै गरि एघारौं स्थानमा आयरल्यान्ड, १३ औं स्थानमा जिम्बावे, १३ औंमा नेदरल्यान्ड्स, १४ औंमा स्कटल्यान्ड, १५ औंमा ओमान छ । नेपाल भन्दा पछाडि युएई १७ औं र पपुवा न्युगिनी १८औं स्थानमा छ ।

आइसिसीले जारी गरेको टि ट्वान्टी वरियतामा भने नेपाल यथावत रहेको छ । नेपाल ११ औं स्थानमा छ । यो फम्र्याटमा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् । पाकिस्तान टि ट्वान्टीको वरियताको शीर्षस्थानमा छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.