6 years ago
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी स्वरुप अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई टि ट्वान्टी खेलमा १ सय ५१ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । नेपाल ए का लागि भिम सार्की २७ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । भिम अन्तिम ओभरको दोस्रो बलमा रन आउट भएका थिए । त्यस्तै युवा अल राउन्डर शेर मल्ल ७ र आकश चन्द ४ रनमा अन आउट रहे ।
ओपनर रित गौतमले २९ बलमा ३ चौका सहित २५ रनमा क्याच आउट भए । रितलाई कप्तान मोहम्मद महफुजले अहमद हुसैनबाट पाँचौ ओभरको अन्तिम बलमा क्याच आउट गराए । त्यस्तै अर्का ओपनर सुवाश खकुरेलले १४ बलमा ३ चौका र १ छक्का सहित २० रनमा क्याच आउट भए ।
सुनिल धमलालाई एडम उमरले मोहम्मद आजमबाट १ रनमा क्याच आउट गराए । अमित श्रेष्ठले १९ बलमा ४ चौका र १ छक्का सहित २९ रनको योगदान दिए । दिलिप नाथले १२ बलमा ३ चौका सहित १८ रनमा क्याच आउट भए । माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ लागि विकेट लिए ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]