default_image

6 years ago

November 29, 2019

सन्दीपको स्थानमा प्रदीप विराटनगरको कप्तान

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइज टोली विराटनगर टाइटन्सको कप्तानी सिनियर टोलीका ओपनर तथा विकेटकीपर प्रदीप ऐरीले गर्ने भएका छन् । गत वर्ष विराटनगरको कप्तान लेग स्पिनर सन्दीप लामिछानेले गरेका थिए ।

सन्दीपको कप्तानीमा विराटनगर ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहेर बाहिरिएको थियो । सन्दीपले बिग ब्यासको कारण पीपीएल नखेल्ने भएपछि विराटनगरले प्रदीपलाई कप्तानको जिम्मेवारी दिएको हो । अन्य पाँच टोलीले भने कप्तान परिवर्तन गरेका छैनन् ।

एक्सपर्ट धनगढीले सिनियर टोलीका उप कप्तान दिपेन्द्र सिंह ऐरी, काठमाडौं गोल्डेन वारियर्सले सिनियर टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, चितवन राइनोजले पारस खड्का र बुटवल ब्लास्टर्सले तीब्र गतिका बलर सोमपाल कामीलाई यथावत दिएका छन् । त्यस्तै गत वर्षको विजेता पोखरा पल्टनले शरद भेषावकरलाई नै कप्तानमा निरन्तरता दिएको छ ।

गत वर्ष हुलास काठमाडौं रोयल्सको स्थानमा यस पटक काठमाडौं गोल्डेन वारियर्स आएको छ । पोखरा प्रिमियर लिग मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशाला मैदानमा हुने छ । बिग ब्यास लिग डिसेम्बर १७ देखी ८ फ्रेबुअरी सम्म चल्ने छ । सन्दीप मेलबर्न स्टार्सबाट खेल्ने छन् ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.