default_image

6 years ago

January 9, 2020

ओपनिङ गर्ने इच्छा

204 views

0 Bookmark

भूपेन्द्र जिसी, सुनसरी

नेपाली क्रिकेटका लागि ओपनिङ ब्याटिङ परम्परागत समस्या हो । पछिल्लो दशकमा ब्याटिङ लाइनअपमा सर्वाधिक परिवर्तन भएको भुमिका र खेलाडी पनि ओपनरनै हुन् ।

पछिल्लो पाँच वर्षमा नेपालले झण्डै एक दर्जन ओपनर प्रयोग गरि सकेको छ । तर टोलीले चाहेको ओपनर पाउन सकेको छैन । अहिले पनि ओपनरलाई टोलीमा स्थान खुल्ला छ । कुनै पनि ओपनरले लामो यात्रा गर्न सकेका छैनन् । ओपनरलाई टोलीमा टिक्नै मुश्किल देखिन्छ । ओपनिङ मुख्य चुनौती बनेको छ । १५ वर्षिय बायाँ हाते युवा ब्याट्सम्यान कुशल मल्ल नेपाली क्रिकेटमा ठूलो संभावना बोकेका खेलाडी हुन् । आक्रामक सटको लागि परिचित कुशलले स्पिन बलिङ गर्ने गर्दछन् ।

सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा समुह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा पुर्याउन कुशलले उत्कृष्ट प्रर्दशन गरे । आर्मीले उपाधिको दाबेदार सशस्त्र प्रहरी बल एपीएफलाई १ सय ८ रनको फराकिलो अन्तरले हराउँदा कुशलको शतक महत्वपूर्ण रह्यो। कुशलले ६३ बलमा १३ छक्का र ५ चौका प्रहार गर्दै १ सय ११ रनको शतकीय इनिङ खेले ।

स‌ामान्यतया आर्मीका लागि तल्लोक्रममा ब्याटिङ गर्ने कुशलले उक्त खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका थिए । तल्लोक्रमका कुशललाई चौथो नम्बरमा ब्याटिङ गर्न आर्मीले पठाउनुको मुख्य कारण एपीएफको दुवै तर्फबाट बायाँ हाते स्पिनर वसन्त रेग्मी र सूर्य तामाङलाई बलिङ गराएको थियो । उनको शतकमा सट छनोट गज्जव थियो । कुशलले एपीएफका बलरले गलत बल फाल्दा त्यसको फाइदा उठाएर जवाफ दिए ।

दोस्रो खेलमा आयोजक इनरुवाले प्रस्तुत गरेको ५७ रनको लक्ष्य पछ्याउने क्रममा ओपनरको रुपमा मैदान प्रवेश गरेका कुशलले लयलाई निरन्तरता दिए । उनले १९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३५ रनमा अविजित रहे । उनको ब्याटिङमा आर्मीले ५ ओभरमा नै लक्ष्य पुरा गर्दै १० विकेटको सहज जित पक्का गरे ।

स्कुल लिग र यू१६ मा गरि चार वर्ष ओपनिङ गरेका कुशलले पछिल्लो समय यू१९ र फ्रेन्चाइज लिगमा तल्लोक्रममा ब्याटिङ गर्दै आएका छन् । तर कुशल टि ट्वान्टीमा ओपनिङ गर्न चाहान्छन् । ‘मैले धेरै पटक ओपनिङ गरि सकेको छु, टि ट्वान्टीमा ओपनिङ गर्न तयार छु । मैले चाहेर र भनेर मात्रै हुँदैन, टोलीले भुमिका दिनुपर्छ’, कुशलले भने ।

‘रन बनिरहेपछि पक्कै पनि आत्माविश्वास बढिनै हाल्छ, मौका पाए भने माथिल्लोक्रममा ब्याटिङ गर्न सक्छु । मैले भन्दा पनि टोलीको आवश्यकता र निर्णय महत्वपूर्ण हुन्छ । सुरुवात देखिनै ओपनिङ गरेको हुँ । टि ट्वान्टीमा ओपनिङ र एक दिवसियमा शीर्षक्रममा ब्याटिङ गर्ने इच्छा छ’, उनले भने ।

कुशलको सिनियर टोलीमा डेब्यू सोच जस्तो हुन सकेन । गत सेप्टेम्बरमा सिंगापुर र जिम्बावेसँगको त्रिकोणात्मक टि ट्वान्टी सिरिज अन्तर्गत जिम्बावेसँग डेब्यू गर्दै २ रनमा आउट भए । जिम्बावेसँगको दोस्रो खेलमा कुशल ५ रनमा आउट भए । ओमानमा पाँच टोली सम्मिलित टि ट्वान्टी सिरिजमा मौका पाएनन् ।

कुशल उक्त डेब्यू सिरिजको प्रर्दशन भुलेर आगमी दिनमा राम्रो प्रर्दशन गर्न चाहान्छन् । उक्त सिरिज खराब हुनुमा आफूले खराब सट खेल्नुको उपज बताउँछन् । ‘रन बनिरहेको छ । यसले आत्माविश्वास बढ्छ तर यो भन्दा अझैं धेरै राम्रो गर्नुपर्छ’, कुशलले भने।

उत्कृष्ट ओपनरको लागिनै नेपालले निरन्तर खेलाडी परिवर्तन गरि रहेको छ । ओपनरबाट एकैपटक ठूलो इनिङ गर्नभन्दा पनि नेपालले अब आगमी दिनलाई मध्यनजर गर्दै तयार पार्नतर्फ ध्यान दिनुपर्छ । जसको लागि कुशल जस्ता युवा खेलाडीलाइ समयमै तयार पार्न सके ओपनिङ समस्या दीर्घकालिन रुपमा निर्मुल हुनसक्छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.