default_image

6 years ago

January 9, 2020

हसिमको उत्कृष्ट ब्याटिङमा प्रदेश २ को सहज जित

146 views

0 Bookmark

जित सुनसरी (हाम्रो खेलकुद) – अनुभवी ब्याट्सम्यान हसिम अन्सारीले अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह बी को दोस्रो खेलमा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई ८ विकेटले हराएको छ ।

१ सय ३० रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २२.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । प्रदेश २ को जितमा हसिम अन्सारी ७३ बलमा ११ चौका र १ छक्का सहित ८० रनमा अविजित रहे । सुरज पटेल ५० बलमा १ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

ओपनर हरि शंकर शाहलाई ५ र सुधिर चौधरीले २ रनमा गुमाएपनि तेस्रो विकेटका लागि हसिम र सुरजले १ सय १८ रनको शतकीय अविजित साझेदारी गर्दै सहज जित पक्का गरे । कर्णालीका कन्जु र दिनेश अधिकारीले १-१ विकेट लिए ।

इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णाली ३१।५ ओभरमा अल आउट हुँदै १ सय २९ रनमा समेटियो । कर्णालीका कप्तान तथा ओपनर रविन्द्र जंग शाहीले सर्वाधिक ४६ रनको योगदान दिए ।

कुमार थापाले २० औं ओभरको पाँचौ बलमा राहुल प्रताप सिंहबाट क्याच आउट गराउनु अघि रविन्द्रले ६८ बलमा ६ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि रविन्द्र र विकेटकिपर बिपिन रावलले ७.४ ओभरमा ४१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न सक्दा कर्णाली सस्तैमा समेटिएको हो ।

हरि शंकर शाहले बिपिनलाई सुधिर चौधरीबाट सिलिपमा क्याच आउट गराएपछि कर्णालीले निरन्तर विकेट गुमाएको थियो । बिपिनले २० बलमा २ चौका १० रन जोडे । ११ औं ओभरको दोस्रो बलमा महबुब आलमले विजय बिष्टलाई १ रनमा बोल्ड आउट गरे ।

तीब्र गतिका बलर महबुबले आफ्नो बलिङ शैलीलाई परिवर्तन गर्दै स्पिनमा बोल्ड आउट गरेका थिए । १२ औं ओभरको चौथो बलमा हरि शंकरले टेक सलामी मगरलाई सिलिपमा सुधिरबाटै ५ रनमा क्याच आउट भए । २२ औं ओभरको पहिलो बलमा प्रकाश जैशीलाई कुमार थापाले १५ रनमा रन आउट गराए । उनले २४ बलमा २ चौका प्रहार गरे ।

तीन रन लिनेक्रममा ललित प्याकुरेल ३ रनमा २५ औं ओभरको चौथो बलमा ३ रनमा आउट भए । आदिल अन्सारीले राजकुमार शाहलाई शून्य र दीनेश अधिकारीले ३ रनमा आउट गरे । तल्लोक्रममा दिवन पुनले ३३ बलमा २ चौका सहित २३ रनको योगदान दिए । महबुब आलमले ४.५ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए ।

हरि शंकर शाहले ८ ओभरमा २ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । आदिल अन्सारीले ४ ओभरमा १० रन खर्चिदै २ विकेट लिए । कुमार थापाको नाममा १ विकेट प्रदेश २ ले समुह चरणको दोस्रो तथा अन्तिम खेलमा शुक्रबार नेपाल पुलिस क्लबसँग खेल्ने छ । जसको विजेता सेमिफाइनलमा पुग्ने छ । पहिलो खेलमा पुलिसले कर्णालीलाई २ सय ६७ रनले हराएको थियो । कर्णाली दुबै खेलमा पराजित हुँदै बाहिरियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.