6 years ago
January 10, 2020
एजेन्सी – कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरेपछि अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा सन्दीप सम्मिलित मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गरेको छ । यो जारी बिग ब्यासमा मेलबर्न स्टार्सको सातौं जित हो ।
रेनेगेड्सले पस्तुत गरेको १ सय ६९ रनको लक्ष्य स्टार्सले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । मेलबर्न स्टार्सको सहज जितमा कप्तान ग्लेन म्याक्सवेल ४५ बलमा १ चौका र ७ छक्का सहित ८३ रनमा अविजित रहे । निक लरकिन २८ बलमा १ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । चौथो विकेटका लागि निक लरकिन र ग्लेन म्याक्सवेलले १ सय १५ रनको अविजित शतकीय साझेदारी गर्दै सहज जित पक्का गरे । ओपनर मार्कस स्टोइन शुन्यमा आउट हुँदा हिल्टन कार्टराइटले २१ बलमा ४ चौका र १ छक्का सहित ३५ रनको योगदान दिए । बेन डंक १४ रनमा आउट भए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको मेलबर्न रेनेगेड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।
रेनेगेड्सका शन मार्शले सर्वाधिक ६३ रनको योगदान दिए । सन्दीपले १४ औं ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट गर्नुअघि मार्शले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । मार्कस हरिस ३२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा रन आउट भए ।
पहिलो विकेटका लागि मार्श र हरिसले १०.३ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बेयू वेबस्टर २५, डानियल क्रिस्टियन १२ र टम कपुर १५ रनमा आउट भए । सन्दीप लामिछानेले ४ ओभरमा ३९ रन खर्चिदै २ विकेट लिए । नाथन कुल्टर नाइलले २ र हरिस रउफले १ विकेट लिए ।
सन्दीपको ४ ओभर
नवौं ओभरको पहिलो बलमै सन्दीपलाई शन मार्शले छक्का प्रहार गरे । दोस्रो बलमा शन मार्श र तेस्रो बलमा मार्कस हरिसले १-१ रन लिए । चौथो डट र पाँचौमा २ रन दिए । अन्तिम बलमा १ रन खर्चिए ।
१२ औं ओभरको पहिलो र दोस्रो बलमा १-१ रन खर्चिए । सन्दीपले तेस्रो बल डट राखे । चौथो बलमा सन्दीपलाई शन मार्शले छक्का प्रहार गरे । पाँचौ बल डट राखेका सन्दीपले अन्तिम बलमा चौका खर्चिए ।
१४ औं ओभरको पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा शन मार्शलाई २ रन दिए । तेस्रो बलमा सन्दीपले आफैं क्याच लिदै मार्शलाई ६३ रनमा पेभिलिएन फर्काए । सन्दीपले चौथो र पाँचौ बल डानियल क्रिस्टियनलाई डट राखे । अन्तिम बल वाइडका रुपमा चौका दिए । बेयू वेबस्टरले अन्तिम बलमा सन्दीपलाई चौका प्रहार गरे ।
१७ औं ओभरको पहिलो बलमै सन्दीपले वेबस्टरलाई सेब गोचबाट क्याच गराए । दोस्रो बलमा सन्दीपले क्रिस्टियनलाई एक र तेस्रो बलमा टम कपुरलाई डट राखे । चौथो बलमा टम कपुरले चौका प्रहार गरे । सन्दीपले पाँचौ बल डट राख्दा अन्तिम बमा एक रन दिए ।
जारी बिग ब्यासमा मेलबर्न स्टार्स ८ खेलमा ७ मा जित र १ मा १४ अंक सहित शीर्ष स्थानमा छ । सिड्नी सिक्सर्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । ब्रिसबेन हिट ७ खेलमा ४ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । ८ खेल मा ८ खेल नै हारेको रेनेगेड्स पुछारमा छ । मेलबर्न स्टारले सिड्नी सिक्सर्ससँग आईतबार खेल्ने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]