6 years ago
January 13, 2020
सुसनरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा मलेसिया-११ ले गण्डकी प्रदेशलाई २ सय ९९ रनको लक्ष्य दिएको छ ।
इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसिया-११ ले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । मलेसिया-११ का ओपनर तथा विकेटकिपर ऐनुल हकिमले सर्वाधिक ८९ रनको योगदान दिए ।
३९ औं ओभरको तेस्रो बलमा स्पिनर बिपिन खत्रीले बोल्ड आउट गरेपछि हकिम शतकबाट चुकेका थिए । उनले १ सय ११ बलमा ११ चौका प्रहार गरे । पहिलो विकेटका लागि ऐनुल हकिम र भुषण सेभले ११.३ ओभरमा ७८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।
बिपिन खत्रीले एलबी डब्लू आउट गर्नुअघि सेभले ३४ बलमा ८ चौका र १ छक्का सहित ५० रन जोडे । २८ औं ओभरको पहिलो बलमा मलेसियाका कप्तान अहमद फैजलाई गण्डकीका कप्तान गोविन्द प्रधानले ३१ रनमा कट एण्ड बोल्ड आउट गरे ।
अहमदले ५२ बलमा ३ चौका प्रहार गरे । चन्द्रकान्त पौडेलले सैद अजिजलाई ६ रनमा क्याच आउट गराए । ४४ औं ओभरको पहिलो बलमा चन्द्रकान्तले मोहम्मद आरिफलाई २० रनमा एलबी डब्लू आउट गरे ।
मलेसियाका युवा अलराउन्डर बिरनदीप सिंहले तल्लोक्रममा ५० रन जोड्दै बलियो योगफलमा पुर्याए । बिपिन खत्रीले ४५ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गर्नुअघि बिरनदीप सिंहले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
मोहम्मद हफिज १५ र नार्जिल रहमानले १३ रनको योगदान दिए । गण्डकी प्रदेशका स्पिनर बिपिन खत्रीले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । चन्द्रकान्त पौडेलले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । गोविन्द्र प्रधानले १ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]