default_image

6 years ago

January 24, 2020

कमललाई समेट्दै राष्ट्रिय क्रिकेट टोलीको घोषणा

293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको अन्तिम १४ सदस्य टोलीमा कमल सिंह ऐरीले पहिलो पटक स्थान बनाउने भएका छन् ।

शुक्रबार घोषणा हुन लागेको १४ सदस्य टोलीमा यसअघि यू१९ राष्ट्रिय टोलीबाट खेलिसकेका तीब्र गतिका बलर कमल सिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्य टोली घोषणा भएको हो । क्यानले अौपचारिक रुपमा केहिबेरमा नै टोली घोषणा गर्नेछ ।

घोषणा हुने टोलीमा तीव्र गतिका बलर सोमपाल कामी टोलीमा छैनन् । उनी पछिल्लो समय चोटको कारण टोली बाहिर रहँदै आएका छन् । त्यस्तै गत सेप्टेम्बरमा सिंगापुर जिम्बावे त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपाली टोलीमा डेब्यू गरेका कुशल मल्लले पनि घरेलु मैदानमा हुने ओडीआई त्रिकोणात्मक सिरिजमा स्थान बनाएका छन् । कुशलले पवन सरार्फको स्थान लिएका हुन् । कमलले सोमपालको स्थान लिएका हुन् ।

तीब्र गतिका बलर अभिनाष बोहरा र स्पिनर सुशन भारीले पनि पहिलो पटक ओडीआई मान्यता खेलमा पहिलो पटक परेका हुन् । यी दुबैले लिस्ट ए खेल खेलि सकेका छन् ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज माघ २२ देखी २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुँदै छ । ओमान र अमेरिकाले पनि आफ्नो अन्तिम टोली घोषणा गरि सकेका छन् ।

नेपाली टोली:

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने

टोली बाहिर :

पवन सरार्फ, कुशल भुर्तेल, सन्दीप जोरा, सुवास खकुरेल, सुनिल धमला, वसन्त रेग्मी, किशोर महतो, लोकेश बम, सुमित महर्जन र सोमपाल कामी ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.