default_image

6 years ago

January 25, 2020

वेस्ट इन्डिजका अलराउन्डर स्मिथले इपिएल खेल्ने

223 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथ आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट खेल्ने भएका छन् । मध्यगतिमा बलिङ गर्ने उनी शीर्षक्रमका ब्याट्सम्यान हुन् । स्मिथले १० टेष्ट, १ सय ५ ओडीआई र ३३ टि ट्वान्टी आई खेलेका छन् । टि ट्वान्टीमा उनले ५ सय ८२ रन बनाउनुको साथै ७ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन सन् २०१४ को टि ट्वान्टी विश्वकपमा बंगलादेशविरुद्ध ७२ रन छ । जुन खेलमा उनी म्यान अफ द म्याच चुनिएका थिए । स्मिथ आफु इपिएलमा भैरहवाबाट खेल्न लागेको सामाजिक सञ्चालमार्फत पनि जानकारी दिएका छन् । आगमी संस्करणको इपिएलमा ठूला नाम आउने क्रम जारी छ । दक्षिण अफ्रिकाका पुर्व कप्तान हसिम अमलाले पनि इपिएल खेल्ने पक्का भएको छ । इपिएल चैत्रमा हुने छ । Pubudu यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायके भैरहवाको प्रशिक्षकमा नियुक्त भएका थिए । सन् २०११ मा पुबुदु नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षकमा नेपालले डिभिजन ४, ३, २ को उपाधि जित्नुका साथै २०१४ को टि२० विश्वकप पनि खेलेको थियो । जुन विश्वकपलाई नेपाली क्रिकेटकै इतिहासकै सर्वाधिक ठूलो सफलता मानिन्छ । क्यानको बारम्बार आन्तरिक किचलोको कारण पुवुदुले आफ्नो भविष्य नदेखेपछि सन् २०१५ को प्रशिक्षक पद छाडेर अमेरिका गएका थिए । पुवुदुले केहि महिना अघि मात्रै अमेरिकाको प्रशिक्षक पद पनि छाडेका छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.