default_image

6 years ago

February 8, 2020

स्टार्स फाइनलमा पराजित, स्टोइनिस सर्वोत्कृष्ट खेलाडी

146 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित रहेको मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा सिड्नी सिक्सर्ससँग १९ रनले पराजित भएको छ ।

शनिवार फाइनलमा जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित १२ ओभरमा ६ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो । वर्षाको कारण खेल ढिला सुरुहुदा १२ ओभरमा झारिएको थियो । उसका निक लर्किनले २६ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३८ रनको योगदान दिए । ओपनर मार्कस स्टोइनिस १०, कप्तान ग्लेन म्याक्सवेल ५, बेन डंक ११ र नाथन कुल्टर नाइलले १९ रनको योगदान दिए । सिड्नीका नाथन लायनले र स्टेभ ओकिफले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको सिड्नी सिक्सर्सले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो । उसका ओपनर जोश फिलिपले २९ बलमा ४ चौका र ३ छक्का सहित ५२ रनमा अविजित रहे । त्यस्तै स्टिभ स्मिथले २१ र जोर्डन सिल्कले २७ रन जोडे ।

मेलबर्नका एडम जम्पा र ग्लेन म्याक्सवेलले २-२ विकेट लिए । मेलर्न स्टार्सका अलराउन्डर मार्कस स्टोइनिस प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी घोषित भए । स्टोइनिसले १७ खेलमा १ शतक र ६ अर्ध शतक सहित कुल ७ सय ५ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा रहेका थिए ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.