default_image

6 years ago

February 8, 2020

नेपालले अमेरिकाविरुद्ध बनाएका तीन कीर्तिमान

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पार्ने क्रममा तीन कीर्तिमान बनाएको छ । शनिबार नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको विजयी लक्ष्य पक्ष्याएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अल आउट हुन पुग्यो । टस हारेर ब्याटिङ थालेको नेपाल एक समय कमजोर अवस्थामा पुगेको थियो । एक समय ४९-५ को कमजोर अवस्थामा पुगेको नेपाललाई विकेटकिपर विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय इनिङ खेल्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए । बलिङमा करणसँगै स्पिनरको उत्कृष्ट प्रर्दशनमा मध्यम लक्ष्यमा नेपाल’को जित पक्का बन्यो । अमेरिकाविरुद्ध विश्व कीर्तिमान सहित तीन कीर्तिमान बनेका छन् ।

३. एकै सिरिजमा सर्वाधिक विकेट

नेपालको जित पक्का गर्न तीब्र गतिका बलर करण केसीले ७.१ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिदै म्यान ‘अफ द म्याच’ चुनिए । पहिलो खेलमा करणले ओमानविरुद्ध ९ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए । योसँगै दुई खेलमा करणले ८ विकेट लिएका छन् । नेपालबाट एकै ओडीआई सिरिजमा करण सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

करणले २ खेलमा १६.१ ओभरमा ६२ रन खर्चेर ८ विकेट आफ्नो नाममा लेखाएका छन् । यसअघि एकै सिरिजमा सर्वाधिक विकेट लिने कीर्तिमान सोमपाल कामीको नाममा थियो । सोमपालले गत वर्ष यूएईसँगको तीन ओडीआई सिरिजमा २१.३ ओभर बलिङ गर्दै ४ मेडन सहित १ सय १४ रन खर्चेर कुल ७ विकेट लिएका थिए ।

२. कुशल र विनोदको साझेदारी

एक समय ४९-५ को कमजोर अवस्थामा पुगेको नेपाललाई बलियो योगफल सम्म पुर्याउन छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जुन नेपालले ओडीआईमा गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो । यस अघि नेपालको ओडीआईमा उच्च साझेदारी ८२ रन थियो । गत वर्ष यूएईसँगको दोस्रो ओडीआई खेलमा आरिफ शेख र रोहित कुमार पौडेलले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।

१. कुशलको विश्व कीर्तिमान

डेब्यू खेलमै कुशलले ५१ बलमा ४ चौका र ३ छक्का सहित ५० रन जोडे । ब्यक्तिगत ३८ रनमा जीवनदान पाएका कुशलले ४९ बलमा अर्ध शतक पुरा गरेका थिए । उनको अर्ध शतकसँगै विश्व कीर्तिमान बन्यो । कुशल ओडीआईमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै कान्छा खेलाडी बन्न पुगे । कुशल १५ वर्ष ३ सय ४० दिनका भएका छन् । कुशलले उक्त कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको कीर्तिमान तोडेका हुन् ।

यसअघि उक्त कीर्तिमान रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा गत वर्ष यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन जोड्दै रचेका थिए । जसक्रममा रोहितले भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका थिए । आज कुशलले रोहितकै स्थान लिएका थिए ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.