default_image

6 years ago

February 8, 2020

‘शतक बनाउने सोचिरहेको थिएँ’- कुशल

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान कुशल मल्लले अमेरिकाविरुद्ध शनिबार भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत खेलमा आफूले शतक बनाउन चाहेको बताएका छन् ।

कुशल अमेरिकाविरुद्ध ५१ बलमा ५० रन जोड्दै ओडीआईमा अर्धशतक बनाउने विश्वकै सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भए । उनले यसअघि नेपालकै युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले राखेको कीर्तिमान तोडेका हुन् । कुशलले आफ्नो अर्धशतक पूरा गरेपनि कुनै पनि सेलेब्रेसन गरेनन् । कुशलले आफ्नो ५० रनबाट मात्रै खुसी नरहेको बताए ।

‘टोलीको लागि धेरै भन्दा धेरै रन बनाउनुपर्छ भन्ने मनमा थियो । टोलीको योगफल जम्मा १ सय ३० रन थियो । १४ ओभर बाँकी थियो । त्यसैले शतक बनाउने सोचिरहेको थिएँ’, कुशलले भने ।

उनले आफू आत्माविश्वासको साथ खेलेको र गलत बलको पर्खाइमा रहेको बताए । ‘आफ्नो लाइनमा आएको बल हानी रहे । नेपाली टोलीबाट ओडीआई खेल्ने सपना थियो । सपना पूरा हुँदा आत्माविश्वासी थिएँ,’ उनले थपे ।

खेलपछि बोल्दै कप्तान ज्ञानेन्द्र मल्ले पनि कुशलको प्रशंसा गरे । ‘जितमा खुसी छौं । विकेट हेर्दा केहि गाह्रो थियो । सहजै ब्याटमा आएको थिएन । कुशल र विनोदको साझेदारीले हामी खेलमा परिवर्तन गर्न सक्यौं,’ उनले भने, ‘हामीलाई थाहा थियो विकेट गाह्रो छ भन्ने । स्पिन अट्याक बलियो हुँदा जित्न सक्छौं भन्ने लागेको थियो ।’

चार विकेट लिदै म्यान अफ द म्याच चुनिएका करण केसीले आफु आत्माविश्वासी हुनुको साथै टीयूको विकेटको बारे राम्रोसँग थाहा पाएको फाइदा उठाएको बताए । उनले सोमपालको अनुपस्थितिमा केहि जिम्मेवारी बढेकाले पनि प्रदर्शन गर्न सफल हुँदा खुसी रहेको बताए ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.