6 years ago
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्यो । जुन नेपालको घरेलु मैदानमा पहिलो ओडीआई जित थियो ।

जितको कारण अमेरिकासँग खेलको क्रममा देखिएका केहि कमजोरीको आलोचना भएन । अमेरिकाविरुद्ध केहि यस्ता कमजोरी भए जसको कारण नेपाल झण्डै हार नजिक पुगेको थियो । शनिवार झण्डैं हजारौ दर्शक निराश बन्नु परेको थियो । अमेरिकासँग जितमा लुकेका तीन कमजोरी यस प्रकार छन् ।
खराब ओपनिङ

पहिलो खेलमा ओमानविरुद्ध पारस खड्का र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । पारस ३ र ज्ञानेन्द्र १ रनमा आउट हुन पुगेका थिए । अर्थात उक्त खेलमा नेपालले चार रन जोड्दै दुबै ओपनर गुमाएको थियो । नेपालले ओपनिङ जोडीमा सुवास खकुरेल र ज्ञानेन्द्र मल्ललाई मैदान उतारेको थियो ।
लामो समय पछि टोलीमा पुनरागमन गरेका सुवास चौथो ओभरको तेस्रो बलमा ३ रनमा क्याच आउट हुन पुगे । त्यस्तै अर्का ओपनर ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । जितको कारण सुवास र ज्ञानेन्द्रको प्रर्दशनको खासै चर्चा भएन ।
तल्लोक्रमको साझेदारी

एक सयम अमेरिका २१.१ ओभरमा ६५-७ को कमजोर अवस्थामा पुगेको थियो । इयान होल्यान्ड र क्यामरन स्टिभेन्सनले आठौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै अमेरिकालाई खेलमा फर्काउन खाजेका थिए । जुन साझेदारी केहि थोरै लम्बेको भए नेपालले नाटकीय हार बेहोर्न सक्थ्यो । तर सुशनले क्यामरनलाई १९ रनमा विनोदबाट क्याच गराउदै नेपाललाई खेलमा फर्काएका थिए । ओमानसँगको खेलमा हारको कारणनै तल्लोक्रमको साझेदारी बनेको थियो ।
ओमान १९ ओभरमा ५७-५ को कमजोर अवस्थामा रहेको थियो । तर छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारीले खेललाई टनिङ गर्दै आफ्नो पक्ष्यमा लगेका थिए । नदीमले नेपालविरुद्ध ६९ रनको इनिङ खेलेका थिए । जुन जितको आधार बनेको थियो । आज होल्यान्डले ७५ रनको इनिङ खेले । जसले झण्डै नाटकीय हारमा पुर्याएको थियो । तल्लोक्रमको साझेदारी तोड्न नसक्नु नेपालको सुरुवाती दुई खेलमा समस्याको रुपमा देखिएको छ ।
शीर्ष र मध्यक्रमका ब्याट्सम्यानको खराब ब्याटिङ

ब्याटिङ बलियो बनाउन नेपालले ७ ब्याट्सम्यान मैदान उतार्दै आएको थियो । ब्याटिङकै कारण नेपाल प्रमुख चार बलरको भरमा मैदान उत्रने गर्दछ । अमेरिकाविरुद्ध पनि शीर्षक्रमका ब्याट्सम्यानले जिम्मेवारी इनिङ खेल्न सकेनन् । सुवास खकुरेल ३, ज्ञानेन्द्र मल्ल, २१ र उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै शून्यमा पेभिलिएन फर्के । दीपेन्द्र, ज्ञानेन्द्र र सुवास आउट भएसँगै सबैले आशा पारसमाथि राखेका थिए । तर १८ ओभरको अन्तिम बलमा पारस विकेटकिपर अक्षय होमराजबाट १९ रनमा क्याच हुन पुगे ।
२१ औं ओभरको पाँचौ बलमा आरिफ शेख ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर नास्तुष केन्ज़ीगेले उत्कृष्ट एक हातले क्याच लिएपछि दुई रनमा पेभिलिएन फर्किनु परेको थियो । यसमा आरिफको दोष देखिदैन । खराब शीर्षक्रम र मध्यक्रमको ब्याट्सम्यानको कारण नेपाल १८ ओभरमा ४९-५ को कमजोर अवस्थामा पुगेको थियो । तर कुशल मल्ल र विनोद भण्डारीको अर्ध शतकीय इनिङले प्रतिस्पर्धात्मक योगफलमा पुग्दै बलरको उत्कृष्ट प्रर्दशनमा नेपालको जित पक्का बन्यो ।
कुशल र विनोदले उक्त इनिङ खेल्न नसकेको भए नेपालको हारको कारण शीर्ष र मध्यक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन हुने थियो । शनिवार जितको कारण लुकेपनि जुन समस्या आगमी खेलमा घातक बन्न सक्छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]