6 years ago
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा भएको टसमा ओमानका कप्तान जिशान मकसुदले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा आज एक परिवर्तन गरेको छ । तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा कमल सिंह ऐरीलाई मौका दिएको छ । अभिनाशले ओमान र अमेरिकासँग दुबै खेलमा विकेटविहीन बनेका थिए । जसको कारण आज कमलले मौका पाएका हुन् ।
नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहान्छ । यता ओमान भने नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिने सोचमा छ । ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै शनिबार घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको थियो ।
प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने
बेन्च :
रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र अभिनाश बोहरा।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]