default_image

5 years ago

February 9, 2020

ओमानविरुद्ध नेपालको मध्यम सुरुवात

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध मध्यम सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरि रहेको नेपालले सुरुवाती १० ओभरमा २२ रन जोड्दा कुनै विकेट गुमाएको छैन ।

सुरुवाती ६० बलमा बाउन्डीको रुपमा नेपालले ३ चौका मात्रै प्रहार गरेको छ । ओपनर ज्ञानेन्द्र मल्ल २७ बलमा २ चौका सहित १० रनमा खेलि रहेका छन् । सुवास खकुरेल ३३ बलमा १ चौका सहित १२ रन जोडेका थिए ।

ओमानका तीब्र गतिका बलर बिलाल खानले ५ ओभरमा १ मेडन सहित ११ रन खर्चेका छन् । त्यस्तै कलीमुल्लाहले ५ ओभरमा १ मेडन सहित ११ रन खर्चेका छन् ।

टीयू क्रिकेट मैदानमा भएको टसमा ओमानका कप्तान जिशान मकसुदले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टोलीमा आज एक परिवर्तन गरेको छ । तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा कमल सिंह ऐरीलाई मौका दिएको छ । अभिनाशले ओमान र अमेरिकासँग दुबै खेलमा विकेटविहीन बनेका थिए । जसको कारण आज कमलले मौका पाएका हुन् ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहान्छ । यता ओमान भने नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिने सोचमा छ । ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै शनिबार घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको थियो ।

प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने

बेन्च :

रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र अभिनाश बोहरा।

December 12, 2024

विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो सुपर ओभरमा गएको छ ।बिहीवारको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । […]

December 12, 2024

पोखराविरुद्ध विराटनगरको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध मध्यम योगफल तयार गरेको छ । टस जितेर ब्याटिङ रोजेको विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दिएको हो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो । विराटनगरका लागि स्कट […]

December 12, 2024

अफगानिस्तानमाथि जिम्बाब्वेको रोमाञ्चक जित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पहिलो टि ट्वान्टी आई खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा जिम्बाबेले अन्तिम बलमा जित निकाल्दै अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो । योसँगै तीन खेलको टि ट्वान्टी आई सिरिजमा जिम्बाबेले १–० को अग्रता लिएको छ । अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य जिम्बाब्वेले अन्तिम बलमा […]

Success

Thank you for your time.