default_image

6 years ago

February 19, 2020

‘इस्टर्न रिजनमा नेपालको लक्ष्य उपाधि’ — कप्तान ज्ञानेन्द्र

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् ।

बुधबार अभ्यासको क्रममा टीयू क्रिकेट मैदानमा रहेका ज्ञानेन्द्रले हाम्रो खेलकुदसँगको कुराकानीको क्रममा यस्तो बताएका हुन् । इस्टर्न रिजन फागुन १७ देखि २३ गते सम्म थाईल्यान्डमा हुँदैछ । प्रतियोगितामा नेपालसहित हङकङ, थाईल्यान्ड, सिंगापुर र मलेसिया छन् । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले अगष्टमा मलेसियामा हुने एसिया कप क्वालिफायर खेल्न पाउने छन् । नेपालले इस्टर्न रिजनको लागि शुक्रबार अन्तिम १४ सदस्य टोली घोषणा गरेको थियो ।

‘इस्टर्न रिजनको लागि तयारी सुरु गरेको दुई तीन दिन भयो । यस अघि निरन्तर क्रिकेटमै थियौं । ओमान र अमेरिकासँग ओडीआई खेलेर सकिएको छ । टि ट्वान्टी मोडमा आउने प्रयासमा छौं,’ त्यसैमा ज्ञानेन्द्रले थपे, ‘टि ट्वान्टी शैलीमा जो सुकै टोलीले एकले अर्कालाई हराउन सक्छन् । यो त्यो टिम बलियोे भन्दा पनि खेलको दिन जसले उत्कृष्ट क्रिकेट खेल्छ उसैले जित्ने हो ।’

‘हामीले हरेक खेललाई एक-एक गरेर लिएर जानुपर्छ । हाम्रो लक्ष्य ट्रफी उचालेर छनोट हुने हो । हामीले हाम्रो क्षमता अनुसारको प्रर्दशन गर्नुपर्छ । सबै खेलाडीले उत्कृष्ट प्रर्दशन गर्नुपर्छ’, ज्ञानेन्द्रले भने ।

त्यस्तै ज्ञानेन्द्रले पहिलो पटक टोलीमा स्थान बनाएका तीब्र गतिका बलर किशोर महतो खेल जिताउन सक्ने खेलाडी बताउछन् । ‘किशोरलाई हामीले धेरै पहिला देखिनै नियालिरहेका थियौं । टोलीमा डेब्यू मात्रै गर्ने नभएर किशोरमा साँच्चीकै टिमलाई नै जिताउन सक्ने क्षमता छ । सोमपाल नहुँदा किशोरलाई मौका दिएका हौं । जसले बेन्च पनि बलियो बन्दै जान्छ’, उनले भने ।

टोलीमा पवन सरार्फले पुनरागमन गरेका छन् । पवनको टोलीमा कुन भुमिका हो अन्यौल देखिन्छ । यस विषयमा लिएर गरेको प्रश्नमा ज्ञानेन्द्रले भने, ‘पवन युजफुल क्रिकेटर हो । उसलाई जुनसुकै स्लटमा पनि प्रयोग गर्न सकिन्छ । कुनै बेला हामीले उस्लाई ओपनिङ पनि गरायौं, दोस्रो र तेस्रो नम्बरमा ब्याटिङ गराएका छौं । विशेष त पवनलाई हामीले अलराउन्डरको रुपमा लिएका छौं । हामीले हाम्रो क्षमता अनुसार क्रिकेट खेल्ने हो भने इस्टर्न रिजनमा सबै टोलीलाई सजिलै जित्छौं’, ज्ञानेन्द्रले भने ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.