default_image

6 years ago

February 20, 2020

मुन्शेले पनि इपिएल खेल्ने

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) — स्कटल्यान्डका बायाँ हाते ओपनर जर्ज मुन्शेले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन् । राइनोजले विहीबार जर्ज मुन्शे पोखराबाट खेल्ने जनाएको छ ।

पोखराले यस अघिनै वेस्ट इन्डिजका स्टार ओपनर क्रिस गेल र अलराउन्डर केस्रिक विलियम्सलाई टोलीमा अनुबन्ध गरि सकेको छ । आक्रामक ब्याट्सम्यानका लागि परिचित मुन्शेले २५ ओडीआई, ३८ टि ट्वान्टी आई, ४ प्रथम श्रेणी र ४० लिष्ट ए खेलेका छन् । मुन्शेले टि ट्वान्टीमा १ शतक र ५ अर्ध शतक सहित कुल ९ सय ८७ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय २७ रन अविजित छ ।

मुन्शेले नेदरल्यान्डविरुद्ध ५६ बलमा ५ चौका र १४ छक्काको सहयोगमा १ सय २७ रनको अविजित इनिङ खेलेका थिए । त्यस्तै ओडीआईमा उनले ५ सय ६२ रन बनाएका छन् । उनले गत वर्ष मात्र ग्लोस्टरसाइरका लागि एक टि२० खेलमा २५ बलमा शतक प्रहार गर्दै सनसनी मच्चाएका थिए ।

पोखराले यस अघिनै वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेलसँगै तीब्र गतिका बलिङ अलराउन्डर केसरिक विलियम्सलाई टोलीमा अनुबन्ध गरि सकेको छ । पोखरा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम, पृथु बास्कोटा लगाएतका खेलाडी छन् । आगमी संस्करणको इपिएल चैत्र १ देखि १५ सम्म हुने छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.