default_image

6 years ago

February 20, 2020

सचिन र सुमितको शतकमा ओसिस इनिङ अन्तरले विजयी

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सचिन शर्मा र सुमित श्रेष्ठको शतकमा ओसिस क्रिकेट एकेडेमीले वालुवाटार क्रिकेट क्लबलाई १० रनको इनिङ अन्तरले पराजित गरेको छ । बालुवाटारले वुधबार ५० ओभरमा २ सय ६५ रन बनाउन ९ विकेट गुमाएको अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

वालुवाटरका दिनेशजंग बुढामगरले १ सय २ बलमा १७ चौका र ४ छक्का सहित १ सय २८ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ओपनर अभिनाश सिंह ४५, प्रशान्त पन्डित १५, नविन तामाङ २६, आयुष पौडेल १२ र पुजन गुरुङ ११ रनमा आउट भए । ओसिसका स्वरुप श्रेष्ठले ५, सचिन शर्मा २, सुमित श्रेष्ठ र रोशन पुलामीले १-१ विकेट लिए ।

ओसिसले ६० ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४७ रन बनाउँदै पहिलो इनिङको समाप्तीको घोषणा गर्यो । उसका सचिन शर्मा १ सय ४ बलमा १९ चौका सहित १ सय १८ रनमा रन आउट भए । त्यस्तै सुमित श्रेष्ठले ७७ बलमा १८ चौका सहित १ सय ७ रनको शतकीय इनिङ खेलेपछि ओसिसले बलियो अग्रता कायम गरेको थियो । आशिफ झा ४५ बलमा १३ चौका सहित ६० रनमा आउट भए ।

सोनु अन्सारीले ५४ बलमा ११ चौका र ३ छक्का सहित ७९ रनको आक्रामक इनिङ खेले । सन्दीप बस्नेत २३, रोशन पुलामी ११ रनमा आउट हुँदा सागर भण्डारी ३९ रनमा अविजित रहे । बालुवाटारका सुरेश बस्नेत ३, नविन तामाङ २ र राजन जिसीले १ विकेट लिए । समग्रमा पहिलो इनिङमा वालुवाटार १ सय ८२ रनले पछि परेको थियो ।

बालुवाटार दोस्रो इनिङमा ४९ ओभरमा १ सय ७२ रनमा अल आउट हुन पुग्यो । उसका नविन तामाङले ६८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । ओसिसका सचिन शर्माले ५ र सुमित श्रेष्ठले ३ विकेट लिदै इनिङ अन्तरको जित पक्का गरे ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.