6 years ago
February 21, 2020
एजेन्सी – पाहुना टोली भारतले न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टको पहिलो दिन कमजोर सुरुवात गरेको छ । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको भारत दिनको खेल सकिंदा १२२-५ को स्थितिमा छ ।

ओपनर पृथ्वी शाले आक्रामक सुरुवात दिलाएपनि पाँचौ ओभरको दोस्रो बलमा उनी टिम साउथीको बलमा बोल्ड हुन पुगे । उनले १८ बलमा २ चौका प्रहार गर्दै भारतले जोडेको सम्पूर्ण १६ रन जोडेका थिए । अर्का ओपनर मयंक अग्रवाल र चेतेश्व्र पुजाराले त्यसपछि सम्हालिएर ब्याटिङ गर्ने प्रयास गरेका थिए ।
डेब्यु गरिरहेका तीव्र गतिका बलर काइल जेमिसनले पुजारालाई आफ्नो शिकार बनाए । १६ औं ओभरमा पुजारा विकेटकिपर बिजे वाटलिङको हातबाट समातिए । पुजाराले ४२ बलमा १ चौकासहित ११ रन जोडे । कप्तान विराट कोहली पनि लामो समय टिकेनन् । जेमिससनले लगत्तै अर्को ओभरमा कोहलीलाई पहिलो स्लिपमा रस टेलरको हातबाट क्याचआउट गराए । कोहली मात्र २ रन जोड्दै पेभेलियन फर्किए ।
क्रिजमा आएका अजिंक्या रहाने र अग्रवालले त्यसपछि ४८ रनको साझेदारी गरे । ओपनर अग्रवाल ट्रेन्ट बोल्टको बलमा आक्रामक सट प्रहार गर्ने क्रममा एज लाग्दै जेमिसनको हातबाट समातिए । त्यसपछि आएका हनुमा बिहारी पनि मात्र ७ रन जोड्दै जेमिसनको बलमा कट बिहाइन्ड भए ।
क्रिजमा भारतका लागि रहाने ३८ रनमा खेलिरहेका छन् । उनलाई विकेटकिपर ऋषभ पन्तले १० रनमा साथ दिइरहेका छन् । वर्षका कारण पहिलो दिन ५५ ओभरको खेल मात्र सम्भव भएको छ । अब दोस्रो दिन ९८ ओभरको खेल हुनेछ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]