6 years ago
February 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमीले हिमालय क्रिकेट लिग (एचसिएल) दुई दिवसीय क्रिकेट प्रतियोगिताको पहिलो दिन अग्रता बनाएको छ ।

बिहीबार वर्षाले खेल प्रभावित हुनुअघि नेक्ससले हिमालय क्रिकेट एकेडेमीविरुद्ध अग्रता लिन सफल भएको हो । दोस्रो इनिङ्समा नेक्ससले ५.३ ओभरमा विना विकेट २१ रन जोडेर खेलिरहँदा लाइट प्रोटेस्टका कारण खेल रोकिएको थियो । रित गौतम १३ तथा विपिन विक्रम शाही ८ रनमा क्रिजमा छन् ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले ४४.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनको सामान्य योगफल तयार पारेको थियो । नेक्ससका मध्यक्रमका आकाश चन्दले सर्वाधिक २१ रनको योगदान दिए । उनले २८ बलमा चार चौक प्रहार गरे । सनोज केसीले २० रन बनाए । ओपन विपिन विक्रम शाहीले १९ रन तथा प्रियान्सु श्रेष्ठले १५ रन जोडे । रित गौतम २ रनमा पेभिलियन फर्किए ।
बिशाल बिक्रम केसी १० रनमा तथा महेश राना १२ रनमा आउट भए । नरेश साउदले ५ रन तथा कृष कार्की २ रनमा आउट हुदा सक्रिय कार्की शुन्यमा आउट भए । समिर तिमल्सिनाले ९ रन जोडे ।
हिमालय क्रिकेट एकेडेमीका सन्दीप खड्काले १४.४ ओभर बलिङ गर्दै ३ मेडनसहित ४३ रन खर्चिएर ५ विकेट लिए । प्रकाश कार्कीले १५ ओभरमा ४ मेडनसहित ४० रन खर्चिएर ३ विकेट लिदा प्रतिश जिसीले १ विकेट आफ्नो नाममा लेखाए ।
हिमालय २८.३ ओभरमा १ सय १७ रनमा अलआउट हुन पुग्यो । खराव शुरुवात गरेको हिमालयका ६ ब्याट्सम्यानले रनको खाता खोल्न सकेन । ओपनर दीपक बोहोराले २५ रन जोडे । चार ब्याट्सम्यान खडक बोहोरा, विराट भण्डारी, गजेन्द्र बोहोरा र सुरज श्रेष्ठ शुन्यमा आउट हुदा हिमालय ६-४ को दयनीय अवस्थामा पुगेको थियो ।
त्यसपछि क्रिजमा आएका रजत तिमलसिनाले दीपक बोहोरासँग मिलेर पाँचौ विकेटको लागि ६९ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । ४० बल खेलेका रजतले ६ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । त्यसपछि दीपक बोहोरा २५ रनमा आउट भए । लगत्तै दीपक बोहोरा ५ रनमा तथा प्रतिश जिसी शुन्यमा आउट भए । सन्दीप शाहीले २१ रनको योगदान दिए । प्रकाश कार्की शुन्यमा आउट अुदा सन्दीप खड्का १ रनमा आउट भए ।
नेक्ससका नरेन साउदले ११ ओभरमा ३ मेडनसहित ४७ रन खर्चंदै एक्लै ७ विकेट लिन सफल भए । कृष कार्कीले २ तथा आकाश चन्दले १ विकेट हात पारे ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]