default_image

6 years ago

February 23, 2020

एनसिसिएस सिप्यान अवार्ड अर्को महिना

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एनसिसिएस सिप्यान क्रिकेट अवार्ड अर्को महिना आयोजना हुने भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा अवार्ड चैत २१ गते आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराइयो । ५ विधामा अवार्ड दिइने बताइएको छ ।

अवार्डका लागि एनसिसिएसले मुख्य प्रायोजन गरेको सम्मेलनमा जानकारी गराइयो । त्यस्तै मिडिया पार्टनरको रुपमा हिमालय टेलिभिजनका रहेको सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए ।

अध्यक्ष पाण्डेका अनुसार ( सन् २०१९–२०२०) वर्ष क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने बताएको छ । यसपटक पुरुष र महिलाको पुरस्कार राशी बराबर गरिएको बताइएको छ ।

उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिप्यानका महासचिव पारस खड्काका अनुसार उल्लिखित पुरस्कारका लागि योग्य खेलाडी छनोट गर्न एक प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा समितिले सिफारिस गरेको खेलाडीलाई अवार्ड प्रदान गरिने बताए ।

वर्ष उत्कृष्ट क्षण अनलाइन भोटिङको आधारमा तय गरिने बताइएको छ । त्यस्तै नेपाली क्रिकेट विकासमा योगदान पु¥याउने मध्येबाट एकजनालाई सम्मानित गरिने बताइएको छ । खेलाडीले सन् २०१९ मार्चदेखि २०२० मार्चसम्मको गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिने जनाइएको छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.