default_image

6 years ago

June 9, 2020

युनिस पाकिस्तानको ब्याटिङ प्रशिक्षकमा नियुक्त

138 views

0 Bookmark

एजेन्सी— टेस्ट क्रिकेटमा पाकिस्तानका सर्वाधिक सफल ब्याट्सम्यान तथा पूर्वकप्तान युनिस खानलाई पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमणको लागि ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । पाकिस्तानले सेप्टेम्बरमा इंग्ल्यान्डमा हुने सिरिजमा तीन टेष्ट र तीन टि२० आई खेल्दैछ ।

सन् २००० देखि २०१७ सम्म पाकिस्तानबाट १ सय १८ टेष्ट खेल खेलेका युनिसले ३४ शतक र ३३ अर्ध शतक सहित कुल १० हजार ९९ रन बनाएका छन् । युनिस पाकिस्तानबाट टेष्टमा १० हजार रन बनाउने एक्लो ब्याट्सम्यान हुन् । करिअरकै उत्कृष्ट इनिङ सन् २००९ मा श्रीलंकाविरुद्ध ३ सय १३ रनको खेलेपछि उनी आइसिसी टेष्ट वरियतामा शीर्ष स्थानमा उक्लिन सफल भएका थिए । २००० देखि २०१५ सम्म २ सय ६५ ओडिआई खेलमा ७ हजार २ सय ४९ रन बनाएका छन् ।

‘मैले फेरी देशको लागि प्रतिनिधित्व गर्न पाउनु ठुलो सम्मान हो । मलाई फेरि इंग्ल्यान्डको चुनौतीपुर्ण रमाइलो यात्राको लागि अवसर प्रदान गरेकोमा ठूलो सम्मान पाएको महसुस गरेको छु’, युनिसले थपे, ‘पाकिस्तानको टोलीमा केहि उत्कृष्ट प्रतिभाशाली खेलाडी छन् । उनीहरु अझ धेरै उचाइमा पुग्न सक्छन् । उनीहरुलाई अझ राम्रो बनाउन प्रशिक्षणमा अन्य प्रशिक्षकसँग मिलेर सकेसम्म प्रयास गर्ने छौं ।’

युनिसलाई स्वागत गर्दै पाकिस्तानका प्रमुख छनोटकर्ता तथा प्रशिक्षक मिस्बाह उल हकले लेखेका छन्, ‘युनिस खान तिमीलाई स्वागत छ । हाम्रो क्रिकेट करिअर लगभग एकै समय चलेको छ । हामी एक अर्कालाई राम्रोसँग चिन्छौं । हामीले हातेमालो गर्दा पाकिस्तानले सबैभन्दा टेस्टमा ऐतिहासिक र अविस्मरणीय उपलब्धि हात पारेको थियो ।’

त्यसैमा उनले थपे ‘युनिस अनुशासित र मेहेनती ब्याट्सम्यान मात्र होइनन्, एक उत्कृष्ट फिल्डर र रणनिती बुझ्ने व्यक्ति हुन् । मलाई आशा छ, युनिसबाट हाम्रा युवा खेलाडीले धेरै कुरा सिक्नेछन् ।’

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.