6 years ago
June 11, 2020
एजेन्सी – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को कारण नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेल्ने तेस्रो अवे सिरिज पनि स्थगित भएको छ ।

नेपालले आफ्नो तेस्रो अवे त्रिकोणात्मक सिरिज स्कटल्यान्डमा नामिबियासँग खेल्ने कार्यक्रम थियो । तर क्रिकेट स्कटल्यान्डले बिहीबार जुलाई ४ देखि ११ सम्म स्कटल्यान्ड, नेपाल र नामिबियाबीच हुने तय भएको त्रिकोणात्मक एक दिवसिय सिरिज सरेको जनाएको छ । यस अघिनै आईसीसीले जुन ३० भन्दा अगाडी हुने सम्पूर्ण प्रतियोगिता स्थगित गर्दा नेपालको तालिकामा रहेको दुई अवे सिरिज पनि सरेका थिए ।
यस अघि नेपालको अप्रिल २० देखि २७ सम्म नामिबियामा स्कटल्याडसँग खेल्ने सिरिज सरेको थियो । त्यस्तै नेपालले जुन ९ देखि १६ सम्म पपुवा न्यु गिनीमा संयुक्त अरब इमिरेट्स (यूएई) सहित हुने त्रिकोणात्मक सिरिज पनि सरेको थियो । अब यी खेलको अर्को मिति आईसीसीले पछि निर्धारण गर्नेछ ।

नेपालको अव आइसिसी विश्वकप लिग २ मा त्रिकोणात्मक सिरिज २०२१ मा खेल्ने छ । २०२१ को जनवरीमा ओमानमा नेपाल र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुने छ । २०२१ को फ्रबुअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्यु गिनी र युएईसँग त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम छ ।
नेपालले आइसिसी विश्वकप लिग २ मा माघमा ओमान र अमेरिकासँग पहिलो त्रिकोणात्मक एक दिवसिय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो । अमेरिकालाई भने नेपालले दुबै खेलमा पराजित गरेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]