default_image

6 years ago

June 12, 2020

इंग्ल्यान्ड भ्रमणको लागि पाकिस्तानको टोली घोषणा

108 views

0 Bookmark

एजेन्सी — युवा स्टार हैदर अलीलाई समेट्दै पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्डसँगको समान तीन टेष्ट र टि२० आई सिरिजको लागि २९ सदस्य टोली घोषणा गरेको छ ।

२९ सदस्य टोलीमा पाकिस्तानको टेष्टको कप्तानी अजहर अली र टि२० को कप्तानी बाबर आजमले गर्ने छन् । बाबर आजम टेष्ट टोलीको उप कप्तान रहेका छन् । पहिलो पटक टोलीमा परेका यु१९ हैदरले उमेर समुह र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । हैदरले दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपमा उत्कृष्ट प्रभाव छाडेका थिए ।

त्यस्तै बंगलादेशमा गत नोभेम्बरमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जित्दा हैदरले ५ खेलमा १ शतक सहित २ सय १८ रन जोडेका थिए । त्यस्तै पाकिस्तान सुपर लिग २०२० मा हैदरले १ सय ५८ को स्ट्राकइक रेटमा पेशवार जाल्मीबाट खेल्दै २ सय ३९ रन जोडेका थिए ।

हैदर क्वलासिक ब्याटिङका लागि परिचित युवा ब्याट्सम्यान हुन् । जाल्मीबाट घरेलु क्रिकेट खेल्ने हैदरले ७ प्रथम श्रेणीमा २ शतक र ३ अर्ध शतकसहित ६ सय ४५ रन बनाई सकेका छन् । हैदर ठुलो सम्भावना बोकेका युवा ब्याट्सम्यान हुन् ।

पाकिस्तानको घोषणा टोलीमा तीब्र गतिका बलर मोहम्मद आमिर, हसन अली र मध्यक्रमका ब्याट्सम्यान हरिस सोहेल भने अटेका छैनन् । हसन लामो समय देखी चोटसँग जुधि रहँदा आमिर र सोहेलले ब्यक्तिगत कारण उपलब्ध नहुने बताएका हुन् । पाकिस्तानले अगष्ट सेप्टेम्बरमा इंग्ल्यान्डसँग तीन टेष्ट र तीन टि२० आई खेल खेल्ने छ ।

इंग्ल्यान्ड भ्रमणको लागि पाकिस्तानको २९ सदस्य टोली :

ओपनर : आबिद अली, फखर जमान, इमाम उल हक र शन मकशुद

मध्यक्रमका ब्याट्सम्यान : अजहर अली (टेष्ट कप्तान), बाबर आजम (टेष्ट उप कप्तान तथा टि२० कप्तान), असाद शफिक, फवाद आलम, हैदर अली, इफ्तिखर अहमद, खुश्दिल शाह, मोहम्मद हफिज र सोएब मलिक ।

विकेटकिपर : मोहम्मद रिजवान र सरफराज अहमद ।

तीब्र गतिका बलर : फहिम असरफ, हरिस रउफ, इमरान खान, मोहम्मद अब्बास, मोहम्मद हसनैन, नसिम शाह, शाहिन अफ्रिदी, सोहेल खान, उस्मान शिनवारी र विहाब रियाज ।

स्पिनर : इमाद वासिम, काशिफ भाट्टी, सादब खान र यासिर शाह

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.