default_image

5 years ago

December 19, 2020

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सर्ने !

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री पुरुष राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पूर्व निर्धारित समयमा नुहुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुस ११ गते देखि महिला र पुरुष दुवैतर्फको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगिता सुरु गर्ने जानकारी गराउँदै आफ्ना सबै जिल्ला र प्रदेशलाई छनोट गराउन केहि साता अघि निर्देशन दिएको थियो ।

लुम्बिनी र बागमती बाहेक अन्य प्रदेशले छनोट सुरु गरि सकेका छन् । तर क्यानले प्रधानमन्त्री महिला राष्ट्रिय प्रतियोगिता पछि मात्रै पुरुष प्रतियोगिता गर्ने तयारी गरिरहेको जनाएको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार पुरुष राष्ट्रिय प्रतियोगिता दुई साता पछि सर्ने बताएका छन् ।

महिला सकिएपछि मात्र पुरुषको प्रतियोगिता सुरु गर्ने अध्यक्षले चन्द जनाएका छन् । क्यानले औपचारिक रुपमा प्रतियोगिता मिति सार्वजनिक भने गरेको छैन । महिला प्रधानमन्त्री कप भने समयमै हुने चन्दले बताएका छन् । पुस ११ गतेदेखि गर्ने भने पनि अझैसम्म त्यति मितिमा प्रतियोगिता सुरु हुने नहुने तय छैन ।

महिला प्रतियोगिताको लागि आइतबार सम्ममा खेल तालिका सार्वजनिक हुने चन्दले बताएका छन् । उनका अनुसार महिला राष्ट्रिय प्रतियोगिताको मिति एक दुई दिनमात्र तलमाथि हुने सक्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशले पुरुष छनोट प्रतियोगिता सम्पन्न गरि सकेको छ ।

महिला राष्ट्रिय प्रतियोगिता सुरु हुन अव एक हप्ता बाँकी छ । तर क्यानले हालसम्म औपचारिक रुपमा कुनै पनि पनि कुरा घोषणा गरेको छैन । यसअघि अनौपचारिक रुपमा क्यानले दुबै प्रतियोगिता २०२० भित्रनै सुरुगरि सक्नुपर्ने बताउँदै आएको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.