5 years ago
December 20, 2020
एजेन्सी – अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले दोस्रो टि ट्वान्टी खेलमा घरेलु टोली न्युजिल्यान्डलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ ।

हामिल्टनमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । मोहम्मद हफिज ५७ बलमा १० चौका र ५ छक्का सहित सर्वाधिक ९९ रनमा अविजित रहे ।
अन्तिम बलमा जेम्स निसमलाई छक्का प्रहार गरेपनि शतकसम्म पुग्न एक रनले सकेनन् । हफिजले अन्तिम तीन बलमा निशमलाई क्रमश स् छक्का, चौका र छक्का प्रहार गरेपनि आफ्नो टि ट्वान्टी आईमा करिअरको पहिलो शतक बनाउन सकेनन् ।
हफिजले एकतर्फबाट रन जोड्दा अर्को एण्डबाट भने नियमित विकेट गुमेको कारण पाकिस्तानले ठूलो योगफल बनाउन सकेन । दोस्रो ओभरको चौथो बलमा टिम साउथीले ओपनर हैदर अलीलाई कप्तान केन विलियम्सनबाट ८ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए ।
अन्तिम बलमा अब्दुल्लाह शफिक शून्यमा साउदीबाटै क्याच आउट हुन पुगे । छैटौं ओभरको चौथो बलमा साउथीले ओपनर विकेटकिपर मोहम्मद रिजवानलाई टिम सिफर्टबाट २२ रनमा क्याच आउट गराए । सिफर्टले २० बलमा ४ चौका प्रहार गरे ।
कप्तान सादव खान ४, खुशदील शाह १४ र फहिम अशराफ ४ रनमा आउट हुन पुगे । इमाद वासिम १० रनमा अविजित रहे । न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । जेम्स निसम र ईस सोधीले समान १ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]