5 years ago
December 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले प्रधानमन्त्री महिला राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटमा विष्फोटक शतक प्रहार गरेकी छिन् ।

झापाकी कप्तान समेत रहेकी रुविनाले इलामविरुद्ध विष्फोटक शतक प्रहार गरेकी हुन् । रुविनाको उत्कृष्ट शतकको सहयोगमा झापाले इलामलाई २ सय ११ रनको फराकिलो अन्तरले हराएको छ । टस जितेर पहिला ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो ।
रुविनाले ५६ बलमा १५ चौका र ९ छक्का सहित १ सय २९ रनको विष्फोटक शतकीय इनिङ खेलेकी थिइन् । ओपनर अप्सरी बेगमले ४१ बलमा ६१, लाखिता राजवंशी १३ र काजल श्रेष्ठले १८ रनको योगदान दिइन् । इलामले ५३ रन एक्स्ट्रा स्वरुप दिएको थियो ।
जितका लागि २ सय ६८ रनको विशाल लक्ष्य पछ्याएको इलामको महिला टोली ५६ रनमा अल आउट हुन पुगेको थियो । इलामकी प्रज्ञा कटवालले १२, सोभा अधिकारी १०, पयाल मगरले ११ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् ।
झापाका अहिसाले सर्वाधिक ३ विकेट लिइन् । ज्योती दनुवार र रोमा थापाले २–२ विकेट लिए । उपाधिका लागि सोमबार झापा र मोरङबीच प्रतिस्पर्धा हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]