5 years ago
January 7, 2021
एजेन्सी – भारतविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा ५५ ओभरमा २ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको छ ।

अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथ ६४ बलमा ५ चौका सहित ३१ रनमा अविजित छन् । मार्नस लाबुसेन १ सय ४९ बलमा ८ चौका सहित ६७ रनमा अविजित छन् । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले ६० रनको अविजित साझेदारी गरेका छन् ।
ओपनर डेभिड वार्नर चौथो ओभरको तेस्रो बलमा मोहम्मद सिराजले चेतेश्वर पुजराबाट ५ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि विल पुकोव्स्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।
डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका पुकोव्स्कीलाई ३५ औं ओभरको दोस्रो बलमा नवदीप सैनीले ६२ रनमा एलबिडब्लू आउट गरेका थिए । पुकोव्स्कीले १ सय १० बलमा ४ चौका प्रहार गरे । सैनीको यो डेब्यू खेल र पहिलो विकेट हो । चार टेष्ट खेलको सिरिज दुई खेल सकिँदा १–१ को अवस्थामा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]