5 years ago
January 7, 2021
एजेन्सी – बिग ब्यास लिग २०२०/२१ को ३१ औं खेलमा सिड्नी थन्डरले होबार्ट हरिकेन्सलाई ३९ रनले पराजित गरेको छ । बिहिबार दिउँसो सम्पन्न खेलमा जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।

होबार्टका कप्तान पिटर ह्यान्डस्कोम्बले २४ बलमा ३ चौका सहित सर्वाधिक ३० रनको योगदान दिए । बेन म्याकडरमोटले २२, डार्सी सर्ट १९, डेविड मलान २० र कोलिन इनग्रामले १२ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सिड्नी थन्डरका तनवीर संघा, क्रिस ग्रिन र नाथन म्याकएन्ड्र्यूले २–२ विकेट लिए ।
त्यसअघि पर्थमा टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । सिड्नीलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन तल्लोक्रमका एलेक्स रसले राम्रो ब्याटिङ गर्दै ३३ बलमा २ चौका र ३ छक्का सहित ४४ रनमा अविजित रहे । बेन कटिङ १४ बलमा ४ चौका र १ छक्का सहित ३१ रनमा अविजित रहे ।
छैटौं विकेटका लागि बेन कटिन र एलेक्स रसले ३१ बलमा ५७ रनको अविजित महत्वपूर्ण साझेदारी गरेका थिए । ओपनर उस्मान खवाजाले ३३ बलमा ६ चौका सहित सर्वाधिक ४९ रनको योगदान दिए । डार्सी सर्टको ११ औं ओभरको तेस्रो बलमा एलबिडब्लू आउट भएपछि खवाजा अर्धशतक बनाउन एक रनले चुकेका थिए । एलेक्स हेल्स २१ र अर्जुन नायर १५ रनमा आउट भए । कप्तान क्यालुम फर्गुसन र साम बिलिंग्स एक एक रनमा आउट हुन पुगे ।
होबार्टका डार्सी सर्टले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए ।

यस्तो रह्यो सन्दीपको चार ओभर
सन्दीपले छैटौं ओभरको पहिलो बल डट राख्दा दोस्रो बलमा उस्मान खवाजाले चौका प्रहार गरे । तेस्रो बल डट र चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा एलेक्स हेल्सलाई एक र छैटौं बल डट राखेका थिए ।
आठौं ओभरको पहिलो बलमा कप्तान कलुम फर्गुसनलाई सन्दीपले एक रन दिए । दोस्रो बलमा खवाजाले एक र तेस्रो बल डट राखे । कप्तान फर्गुसनलाई सन्दीपले चौथो बलमा जोहन बोथाबाट १ रनमा क्याच गराउँदै पहिलो विकेट हात पारे । पाँचौ बलमा खवाजालाई दुई रन दिएका सन्दीपले अन्तिम बल डट राखेका थिए ।
सन्दीपले १२ औं ओभरको पहिलो बलमा अर्जुन नायरलाई एक रन दिए । दोस्रो बलमा एलेक्स रोसलाई दुई रन दिए । तेस्रो र चौथो बल भने सन्दीपले डट राखेका थिए । पाँचौ बलमा एक र अन्तिम बलमा दुई रन खर्चिए ।
१४ औं ओभरको पहिलो बलमा सन्दीपले नायरलाई डट र दोस्रोमा दुई रन खर्चेका थिए । तेस्रो बलमा स्टम्पिङ मौका रहेको थियो । चौथो बलमा एक र पाँचौ बल डट राखे । अन्तिम बलमा नायरले चौका प्रहार गरेका थिए ।
सन्दीपले यसअघि पहिलो खेलमा मेलबर्न स्टार्सविरुद्ध ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए । दोस्रो खेलमा स्टार्सविरुद्धनै ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]