5 years ago
January 7, 2021
काठमाडौं(हाम्रो खेलकुद) – शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ मा आयोजक कोहलपुर क्रिकेट एकेडेमी ( केसीए ) , न्यु दर्पण युथ क्लब र बिबि वारियर्स सेमीफाइनल प्रवेश गरेका छन्।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनलमा न्यु दर्पण युथ क्लब युथ क्लबले कारकाँदो क्रिकेट क्लबलाई १४ रनले पराजित गर्यो । न्यु दर्पणले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा कारकाँदोले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो ।
संगम कंडेलले सर्वाधिक ३४ रन र उत्कर्ष विश्वकर्माले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्यु दर्पणका बलर रेशम सिंह ठकुरी र दिप रानाले समान २ विकेट तथा सिमोन थापा, करन भण्डारी र प्रेम सुनारले समान १ विकेट लिए।
त्यस अघि टस जितेर ब्याटिङ रोजेको न्यु दर्पणले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको थियो। उसको लागि दिपक बिसीले ३७ र निर्मल बिसीले २५ रन बनाए। हुसेन अलिले २ तथा संगम कंडेल, कुशल न्यौपाने, नबिन गौतम र खगेन्द्र खनालले १-१ विकेट लिए।

दोश्रो क्वार्टरफाइनलमा आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीले च्याम्पियन्स स्पोर्ट्स क्लबलाई ३ रनले पराजित गर्यो। कोहलपुरले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा च्याम्पियन्सले निर्धारित १५ ओभरमा ७ विकेट क्षेतिमा ९४ रन मात्र बनाउन सक्यो।
च्याम्पियन्सका ब्याट्सम्यान रोहन केसीले २८ बलमा ३ छक्का र २ चका मद्दतले सर्वाधिक ४४ रन बनाएता पनि टिमलाई जित दिलाउन पर्याप्त भएन। राहुल शर्माले १५ र सुनिल खड्काले १० रन बनाए। रमेश सिंहले सर्वाधिक ३, अजय शहानी र लभकुश यादवले २-२ विकेट लिए।
त्यस अघि टस जितेर ब्याटिङ गरेको कोहलपुरले १४.३ ओभरमा ९७ रनमा अल आउट भएको थियो । सुजल केसीले सर्वाधिक ३१, रोशन शाहले २१ र सुरज दासले १२ रन बनाए । सोम शर्मा र सुनिल खड्काले समान ३ विकेट लिए । गोबिन्द विष्टले २ तथा गौतम कनोजिया र राहुल शर्माले समान १ विकेट लिए।
तेश्रो क्वार्टरफाइनलमा बिबी वारियर्स नेपालगन्ज युभीसीसी कोहलपुरलाई ६ विकेटले पराजित गर्यो। युभीसीसीले दिएको ७८ रनको लक्ष्य बिबी वारियर्सले ८.४ ओभरमा ४ विकेट गुमाएर ८१ रन बनायो। बिबी वारियर्सको लागि प्रनित थापाले अविजित २९ रन, शाहिद अन्सारीले २० तथा सिद्धान्त राज शाहीले १२ रन बनाए।
त्यस अघि टस जितेर ब्याटिङ गरेको युभीसीसी कोहलपुरले निर्धारित १५ ओभरमा ५ विकेट क्षतीमा ७७ रन बनएको थियो। कमल थापाले सर्वाधिक २३, सुमन गुरुङ र आलोक चौधरीले १९-१९ रन बनाए। निजामुद्दिन हलवाई र आकाश विष्टले समान २ विकेट तथा सिद्धान्त राज शाहीले १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत शुक्रबार विहान चौथों क्वार्टरफाइनलमा बिबिसीसी कीर्तिपुर र यस एक्स्पर्टले प्रतिस्पर्धा गर्नेछन्। शुक्रबारनै पहिलो सेमीफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र न्यु दर्पण युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस्तै दोश्रो सेमीफाइनलमा बिबि वारियर्सले चौथो क्वार्टरफाइनलको विजेतासग प्रतिस्पर्धा गर्नेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]