default_image

3 years ago

January 8, 2021

स्मिथको शतकमा अष्ट्रेलिया अगाडि

एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथको शतकको सहयोगमा भारतसँगको तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले २ सय ४२ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत पहिलो इनिङमा ४५ ओभरमा २ विकेट गुमाउँदै ९६ रन बनाएको छ । भारतका कप्तान अजिक्या रहाने ५ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् । ओपनर रोहित शर्मा र सुभमन गिलले […]

31 views

0 Bookmark

एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथको शतकको सहयोगमा भारतसँगको तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले २ सय ४२ रनको अग्रता लिएको छ ।

दोस्रो दिनको समाप्तिमा भारत पहिलो इनिङमा ४५ ओभरमा २ विकेट गुमाउँदै ९६ रन बनाएको छ । भारतका कप्तान अजिक्या रहाने ५ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् ।

ओपनर रोहित शर्मा र सुभमन गिलले पहिलो विकेटका लागि २७ ओभरमा ७० रनको साझेदारी गरेका थिए । जोश हेजलवुडले रोहित शर्मालाई २६ रनमा कट एण्ड बोल्ड आउट गर्दै पहिलो विकेट लिएका थिए । रोहितले ७७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

३३ औं ओभरको पहिलो बलमा अर्का ओपनर सुभमन गिललाई प्याट कमिन्सले क्यामरन ग्रिनबाट ५० रनमा क्याच आउट गराए । करिअरको दोस्रो टेष्ट खेलि रहेका गिलले आफ्नो पहिलो अर्ध शतक प्रहार गर्दै पेभिलिएन फर्किए । गिलले १ सय १ बलमा ८ चौका प्रहार गरे ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया १०५.४ ओभरमा ३ सय ३८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया स्टिभ स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रनमा आउट भए । अन्तिम विकेटका रुपमा स्मिथ रविन्द्र जडेजाको उत्कृष्ट डाइरेक्ट थ्रो मा रन आउट भएका थिए । स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो ।

७१ औं ओभरमा मार्नस लाबुसेन ९१ रनमा क्याच आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान अजिक्या रहानेबाट क्याच आउट हुँदै लाबुसेन पेभिलिएन फर्केका थिए । शतक नजिक पुगेका लाबुसेनलले १ सय ९६ बलमा ११ चौका प्रहार गरे ।

जडेजालेनै म्याथ्यु वेडलाई ७७ औं ओभरमा जस्प्रित बुमराहबाट १३ रनमा क्याच आउट गरे । जस्प्रित बुमराहले युवा अलराउन्डर क्यामरन ग्रिनलाई शून्यमा एलबिडब्लू र कप्तान टिम पेइनलाई १ रनमा बोल्ड आउट गरे । जडेजाले प्याट कमिन्सलाई शून्यमा बोल्ड आउट गरे । मिचेल स्टार्क ३० बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए ।

ओपनर डेभिड वार्नर चौथो ओभरको तेस्रो बलमा मोहम्मद सिराजले चेतेश्वर पुजराबाट ५ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि विल पुकोव्स्की र लाबुसेनले १ सय रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।

डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका पुकोव्स्कीलाई ३५ औं ओभरको दोस्रो बलमा नवदीप सैनीले ६२ रनमा एलबिडब्लू आउट गरेका थिए । पुकोव्स्कीले १ सय १० बलमा ४ चौका प्रहार गरे ।

स्पिनर रविन्द्र जडेजाले १८ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ४ विकेट लिए । नवदीप सैनी र जस्प्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराजको नाममा १ विकेट रह्यो ।

चार टेष्ट खेलको सिरिज दुई खेल सकिँदा १–१ को अवस्थामा छ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.