5 years ago
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता उद्धघाटन खेलमा नेपाल एपिएफ क्लबले प्रदेश-१ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा प्रदेश-१ की कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । राष्ट्रिय खेलाडीको बाहुल्यता साथै उपाधिका प्रमुख दाबेदार यी दुई टोलीबीच उच्च प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । गत पुषमा लमहीको दाङमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगितामा फाइनलमा प्रदेश-१ ले एपिएफलाई ६ रनले इतिहास रचेको थियो । जुन प्रदेश एकले जितेको पहिलो राष्ट्रिय उपाधि थियो ।
एपिएफ प्लेइङ ११ : सीता रानामगर (कप्तान), ज्योती पान्डे, ईन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, रेखा रावल, सुष्मा श्रेष्ठ, सुमन बिष्ट, ममता चौधरी, बिनु बुढामगर र राजमती ऐरी ।
प्रदेश-१ प्लेइङ ११ : रुविना क्षेत्री बेलबासे (कप्तान), काजल श्रेष्ठ (उपकप्तान तथा विकेटकिपर), अप्सरी बेगम, रोमा थापा, संगीता राई, सबनम राई, निंग्मा तामाङ, निशा शाह, लकिता राजबंशी, अलिशा खडिया र स्मृति कटुवाल ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]