default_image

5 years ago

April 3, 2021

एपिएफलाई प्रदेश-१ को मध्यम लक्ष्य

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता पहिलो खेलमा प्रदेश-१ ले नेपाल एपिएफ क्लबलाई १ सय ७ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६ रन बनायो ।
प्रदेश-१ की कप्तान रुविना क्षेत्री बेलबासे ४८ बलमा ६ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिईन् । युवा ब्याटर रोमा थापाले ४२ बलमा ५ चौका सहित ३३ रनमा क्याच आउट भईन् ।


तेस्रो विकेटका लागि रोमा र रुविनाले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । पहिलो ओभरको तेस्रो बलमा मध्यगतिकी बलर रेखा रावलले ओपनर अप्सरी बेगमलाई शून्यमा बोल्ड आउट गरिन् । दोस्रो विकेटका लागि रुविनाले विकेटकिपर काजल श्रेष्ठसँग ६ ओभरमा २६ रनको साझेदारी गरेकी थिईन् ।

कप्तान सीता राना मगरले १७ औं ओभरको चौथो बलमा रुविना अघि बढेर ठूलो सट खेल्ने धुनमा बल मिस गर्न पुगेपछि विकेटकिपर ज्योती पाण्डेले स्टम्पिङ आउट गरेकी थिइन् ।

स्पिनर करुणा भण्डारीले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । रेखा रावल, बिनु बुढामगर र सीता रानामगरले १–१ विकेट लिइन् । एपिएफले कुल ८ बलरलाई बलिङ गराएको थियो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.