5 years ago
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता सानदार विजयी सुरुवात गरेको छ । पहिलो खेलमा शनिवार एपिएफले प्रदेश–१ लाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफकी कप्तान तथा ओपनर सीता रानामगर ५० बलमा ७ चौका सहित ५२ रनमा अविजित रहँदै कप्तानी इनिङ खेलिन् । सीताले १७ औं ओभरको पाँचौ बलमा स्पिनर संगिता राईलाई चौका प्रहार गर्दै ४९ बलमा अर्धशतक पूरा गरेकी थिइन् । ललितपुर च्याम्पियनसिपमा अर्धशतक पूरा गर्ने सीता पहिलो खेलाडी हुन् ।
ओपनर सीता र विकेटकिपर ज्योती पाण्डेले पहिलो विकेटका लागि १२.३ ओभरमा ७० रनको साझेदारी गर्दै सहज जिततर्फ अघि बढाएका थिए । ज्योती पाण्डे ४० बलमा ५ चौका सहित ३२ रनमा आउट भईन् । सरिता मगर ६ रनमा आउट हुँदा ईन्दु बर्मा ८ रनमा अविजित रहिन् ।
प्रदेश १ की संगिता राई र रुविना क्षेत्री बेलबासले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । प्रदेश-१ की कप्तान रुविना क्षेत्री बेलबासे ४८ बलमा ६ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिईन् । युवा ब्याटर रोमा थापाले ४२ बलमा ५ चौका सहित ३३ रनमा क्याच आउट भईन् ।

तेस्रो विकेटका लागि रोमा र रुविनाले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । पहिलो ओभरको तेस्रो बलमा मध्यगतिकी बलर रेखा रावलले ओपनर अप्सरी बेगमलाई शून्यमा बोल्ड आउट गरिन् । दोस्रो विकेटका लागि रुविनाले विकेटकिपर काजल श्रेष्ठसँग ६ ओभरमा २६ रनको साझेदारी गरेकी थिईन् ।

कप्तान सीता राना मगरले १७ औं ओभरको चौथो बलमा रुविना अघि बढेर ठूलो सट खेल्ने धुनमा बल मिस गर्न पुगेपछि विकेटकिपर ज्योती पाण्डेले स्टम्पिङ आउट गरेकी थिइन् ।

स्पिनर करुणा भण्डारीले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । रेखा रावल, बिनु बुढामगर र सीता रानामगरले १–१ विकेट लिइन् । एपिएफले कुल ८ बलरलाई बलिङ गराएको थियो । प्रदेश-१ ले आफ्नो दोस्रो सोमबार लुम्बिनी प्रदेशसँग खेल्ने छ । एपिएफले आइतबार सुदूरपश्चिमसँग खेल्ने छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]