default_image

5 years ago

April 3, 2021

ललितपुरलाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । शनिवार ललितपुर मेयर–११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमकी युवा आक्रामक ब्याटर डली भट्ट १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहिन् । कविता जोशी १० बलमा १ छक्का सहित १० रनमा अविजित रहिन् । १९ औं ओभरको अन्तिम बलमा सुमन खतिवडालाई कविता जोशीले छक्का प्रहार गर्दै सुदूरपश्चिमको सहज जित पक्का गरिन् ।
विकेटकिपर मञ्जु बोगटी ४२ बलमा ६ चौका सहित सर्वाधिक ४१ रन बनाइन् । रेवती धामी १८ र कविता कुँवर ९ रनमा आउट भइन् । ललितपुरकी सुमन खतिवडा र आरति विडारीले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो । ललितपुरकी शीर्षक्रमकी ब्याटर कञ्चन श्रेष्ठ ५६ बलमा ८ चौका ६३ रनमा अविजित रहिन् । कन्चनले ४९ बलमा अर्धशतक पूरा गरेकी थिईन् ।

तीव्र गतिकी बलर कविता कुँवरको तेस्रो ओभरको तेस्रो बलमा ओपनर सोभा आले १ रनमा विकेटकिपर मञ्जु मोगटीबाट स्टम्पिङ आउट भइन् ।सातौं ओभरको तेस्रो बलमा अनुराधा चौधरी ४ रनमा रन आउट भइन् । लगत्तै अर्को बलमा विन्दा कटुवाल शून्यमा रन आउट हुँदा ललितपुर २२–३ को अवस्थामा पुगेको थियो । सुमन खतिवडा १७ बलमा २ चौका सहित १६ रनमा क्याच आउट भइन् । अस्मिना कर्माचार्य २३ बलमा २ चौका सहित १६ रनमा आउट भइन् ।

सुदूरपश्चिमका कविता कुँवर, ऋतु कनोजियाले र सम्झना खड्काले १–१ विकेट लिइन् । सुदूरपश्चिमले आफ्नो दोस्रो खेलमा आइतबार एपिएफसँग खेल्ने छ । ललितपुरले आइतबार लुम्बिनी प्रदेशसँग खेल्ने छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.