5 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ

। टियु क्रिकेट मैदानमा एपिएफकी कप्तान सीता राना मगरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । एपिएफले टोलीमा कुनै परिवर्तन गरेको छैन । पहिलो खेलमा प्रदेश १ विरुद्ध उतारेको टोलीलाईनै निरन्तरता दिएको छ । पहिलो खेलमा एपिएफले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको थियो ।
सुदूरपश्चिमले टोलीमा एक परिवर्तन गरेको छ । लक्ष्मी साउँदलाई टोलीमा मौका दिँदा सम्झना खड्कालाई बाहिर राखेको छ । पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर ११ लाई ७ विकेटले हराएको थियो ।
एपिएफ प्लेइङ ११ : सीता रानामगर (कप्तान), ज्योती पान्डे, ईन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, रेखा रावल, सुष्मा श्रेष्ठ, सुमन बिष्ट, ममता चौधरी, बिनु बुढामगर र राजमती ऐरी ।
सुदूरपश्चिमको प्लेइङ ११ : ऋतु कनोजिया (कप्तान), रुवि पोदार, कविता जोशी, कविता कुवँर, डली भट्ट, विन्दु रावल, रेवती धामी, मञ्जु बोगटी, (विकेटकिपर), सुनिता लोहार, दिव्या कार्की र लक्ष्मी साउँद ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]