5 years ago
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी ओपनर तथा विकेटकिपर ज्योती पाण्डेले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेकी छिन् ।

ज्योतीले ४४ बलमा अर्धशतक पूरा गरेकी हुन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरि रहेको एपिएफले १७ ओभरमा १ विकेट गुमाउँदै १ सय ८ रन बनाएको छ । ज्योती ४९ बलमा ७ चौका सहित ५९ रनमा खेलि रहेकी छिन् । राम्रो लयमा रहेकी ज्योतीले पहिलो खेलमा प्रदेश १ विरुद्ध ३२ रनमा आउट भएकी थिइन् ।
गत पुषमा प्रधानमन्त्री राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका साथ ज्योती उत्कृष्ट ब्याटर घोषित भएकी थिइन् । उक्त प्रतियोगितामा ज्योतीले ५ खेलमा १ सय ५१ रन बनाएकी थिइन् ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]