default_image

5 years ago

April 4, 2021

ज्योती चम्कँदा सुदूरपश्चिमलाई बलियो लक्ष्य

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तथा विकेटकिपर ज्योती पाण्डेको अर्धशतकको सहयोगमा नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १ सय २८ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनायो । एपिएफकी ओपनर ज्योती पाण्डेले ५० बलमा ७ चौका सहित सर्वाधिक ५९ रनको योगदान दिइन् । ज्योतीले ४४ बलमा अर्धशतक पूरा गरेकी थिइन् । राम्रो लयमा रहेकी ज्योतीले पहिलो खेलमा प्रदेश १ लाई ८ विकेटले हराउनेक्रममा ३२ रनको योगदान दिएकी थिइन् ।

ओपनर ज्योती र कप्तान सीता रानामगरले पहिलो विकेटका लागि ८.४ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सीतालाई मध्यगतिकी बलर सुनिता लोहारले १६ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेकी थिइन् । त्यसअघि सुनिता लोहारको सातौं ओभरको पाँचौं बलमा विन्दु रावलले मिडअनमा सीताको ब्यक्तिगत १० रनमा क्याच ड्रप गरेकी थिइन् ।

ज्योतीलाई १८ औं ओभरको पहिलो बलमा कविता जोशीले रेवती धामीबाट क्याच गराएकी थिइन् । सरिता मगर ४२ बलमा ३ चौका सहित ३५ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि सरिता र ज्योतीले ५२ रनको अर्धशतकीय साझेदारी गरेका थिए । इन्दु बर्मा ४ रनमा अविजित रहिन् । सुदूरपश्चिमकी सुनिता लोहार र कविता जोशीले १-१ विकेट लिए ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.