default_image

5 years ago

April 17, 2021

नेपाललाई घातक बन्न सक्ने नेदरल्यान्ड्सका तीन खेलाडी

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुनेछ ।

दुवै टोली त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर सीलारले गर्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम पटक प्रतिस्पर्धा २०१९ अक्टोबर ७ मा भएको थियो ।

ओमानमा सम्पन्न पाँच टोली बीचको टि२० आई सिरिजमा यी दुई टोलीले खेलेका थिए ।  नेपाल र नेदरल्यान्ड्सबीच ६ टि२० आई खेल हुँदा नेदरल्यान्ड्स ३ मा जित र २ मा पराजित भएको छ । नेपाल घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहँन्छ । यता बलियो टोली नेदरल्यान्ड्स उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने सोचमा छ ।

नेपाल भ्रमणमा नेदरल्यान्ड्सका प्रमुख खेलाडी भने छैनन् । नेदरल्यान्ड्सले आफ्ना युवा खेलाडीलाई मौका दिएको छ । नेदरल्यान्ड्सका डच तथा प्रमुख हतियार रयान टेन डेस्काटे, रोलेफ भान डर मर्वे, शीर्षक्रमका ब्याट्सम्यान वेस्ले ब्यारेसी, तीव्र गतिका बलर ब्रान्डन ग्लोभर, फर्द क्लासेन र अलराउन्डर मिचल रिपन जस्ता खेलाडी टोलीमा छैनन् । केहि सरप्राइज प्याकेज बन्न सक्छन् ।

१७ वर्षिय स्पिनर अलराउन्डर अर्यान दत्त नेदरल्यान्ड्सको टोलीमा छन् । दत्त स्पिन बलिङसँगै मध्यगति र राम्रो ब्याटिङको क्षमता राख्छन् । उनले नेदरल्यान्ड्सबाट यू१९ खेलि सकेका छन् । नेपाल स्पिनर सहयोगी हुँदा पनि उनलाई टोलीमा समेटेको अनुमान छ । नेदल्यान्ड्सको टोलीमा केहि यस्ता खेलाडी छन् जसले प्रमुख खेलाडी विनानै नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्न सक्छन् ।

नेपाललाई घातक बन्न सक्ने नेदरल्यान्ड्का प्रमुख ३ खेलाडी ।

३. म्याक्स ओडोवड

२७ वर्षिय ओपनर म्याक्स ओडिवड नेदरल्यान्डसका ओपनर ब्याट्सम्यान हुन् । म्याक्स ओडोवडले सन् २०१५ मा घरेलु मैदानमा नेपालसँगको दोस्रो टि२० आई खेलमा डेब्यू गरेका थिए । उनी आक्रामक ब्याटिङका लागि परिचित छन् । लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

टोलीको आवश्यकता अनुसार मध्यक्रममा पनि ब्याटिङ गर्न सक्छन् । तर उनी क्रिजमा टिक्नु नेपालको लागि भने घातक सावित हुन सक्छ । उनले ३६ टि२० आई खेलमा ६ अर्धशतक सहित ८ सय ६६ रन बनाई सकेका छन् । २०१९ मा उनले एकै वर्षमा २४ टि२० आई खेलमा ७ सय २ रन बनाएका थिए । जिम्मेवारी ब्याटिङका साथ ठूलो इनिङ खेल्दै टोलीलाई सहज जित दिलाउन सक्छन् ।

२. पाउल भान मिकेरेन

तीव्र गतिका बलर पाउल भान मिकेरेन ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शनका साथ टोलीलाई सहज जित दिलाउन सक्ने म्याच विनर खेलाडी हुन् । पाउल भानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । विदेशी फ्रेन्चाइज लिग पनि खेल्दै आएका छन् । अर्कोतर्फ नेपाल भ्रमणको टोलीमा आएको नेदल्यान्ड्सको टोलीमा पाउल भान मिकेरेन टियु मैदान बारे राम्रो जानकार भएका खेलाडी हुन् । जसले उनलाई उत्कृष्ट प्रदर्शन गर्न र टोलीलाई रणनीति बनाउन सहज हुन सक्छ ।

पाउल भानले सन् २०१८ मा एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेलेका थिए । अर्कोतर्फ उनी निकै अनुभवी खेलाडी पनि हुन् । २०१३ देखि नेदरल्यान्ड्सको टोलीबाट लगातार खेल्दै उच्च प्रदर्शन गर्दै आएका छन् । उनले ४१ टि२० आई खेलमा ४७ विकेट लिएका छन् । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

१. पिटर सीलार

नेदल्यान्ड्सका कप्तान पिटर सिलार एक उत्कृष्ट अलराउन्डर हुन् । मध्यक्रममा ब्याटिङ गर्ने सीलार ठूलो र आक्रामक इनिङको लागि परिचित छन् । स्पिन बलिङ गर्ने सिलार नेदरल्यान्ड्सबाट टि२० आईमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । ६९ खेलमा सिलारले ५३ विकेट लिएका छन् । इकोनमी ७ भन्दा कम छ ।

ब्याटिङतर्फ सिलारले ४० इनिङमा ४ सय ६४ रन बनाएका छन् । सीलार अनुभवी खेलाडी हुन् । जसले दबाबमा पनि उच्च प्रदर्शन गर्न सक्छन् । अर्कोतर्फ टियु स्पिनर उपयोगी हुँदा उनले त्यसको फाइदा उठाउन सक्छन् । शीर्षक्रम र मध्यक्रम असफल हुँदा पनि आफ्नो उच्च प्रदर्शनमा टोलीलाई बलियो योगफलमा पुर्याउन सक्ने क्षमता राख्छन् ।

नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी म

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.