default_image

5 years ago

April 17, 2021

नेदल्यान्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुनेछ ।

दुवै टोली त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको नेतृत्व पिटर सीलारले गर्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम पटक प्रतिस्पर्धा २०१९ अक्टोबर ७ मा भएको थियो । ओमानमा सम्पन्न पाँच टोली बीचको टि२० आई सिरिजमा यी दुई टोलीले खेलेका थिए ।

नेपाली टोलीमा अनुभवी ब्याट्सम्यान पारस खड्का छैनन् । कमजोर ब्याटिङ नेपालको प्रमुख समस्या हो । त्यसैेले नेपालको प्लेइङ-११ ब्याटिङ केन्द्रित हुने छ । नेपालको ब्याटिङमा भने गहिराई हुने देखिन्छ । टोली सन्तुलनलाई पनि त्यतिनै ध्यान दिने छ ।

आजको खेलमा दुई युवा खेलाडीको डेब्यू सम्भावना छ । स्पिनर साहब आलम र युवा ओपनर आसिफ शेखले डेब्यू गर्ने सम्भावना देखिन्छ । ओपनिङमा आशिफ शेख र कुशल मल्लले गर्न सक्छन् । कुशल मल्ल देब्रे हाते खेलाडी हुँदा टोलीको रणनीतिमा सहज हुन्छ । अर्कोतर्फ कुशल आक्रामक ब्याटिङका लागि परिचित छन् । गतवर्ष थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजनमा कुशल ओपनिङ गरेका थिए । आसिफले घरेलु क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । आसिफको भूमिका टोलीलाई राम्रो सुरुवातको साथ ठूलो योगफलमा पुर्याउने हुने छ । पहिलो खेलमा कुशल भुर्तेलको सम्भावना कम देखिन्छ ।

पारस खड्का टोलीमा नहुँदा ज्ञानेन्द्र मल्लले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीको सम्भावना देखिन्छ । दीपेन्द्रलाई मध्यक्रममा उच्च प्रदर्शन गर्नुपर्ने दबाब र आवश्यक दुबै छ । पाँचौ नम्बरमा विनोद भण्डारीको सम्भावना छ । विनोद उच्च लयमा छन् । मध्यक्रम दीपेन्द्र, विनोद र ज्ञानेन्द्रमा निर्भर रहने छ ।

विनोद पछिल्ला दुई घरेलु प्रतियोगितामा शतक प्रहार गरेका छन् । अर्कोतर्फ टियु मैदानको उनको लक्की मानिन्छ । नेपालले आरिफ शेख र सन्दीप जोरा मध्य एकलाई मौका दिने छ । आरिफले पछिल्लो समय मध्यक्रममा लगातार प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्री कपमा एपिएफविरुद्ध घाइते हुन पुगेका थिए । टोलीमा पारस नहुँदा अनुभवी आरिफलाई पहिलो रोजाईमा उतार्न सक्छ । करण केसी र सोमपाल कामीले फिनिसरको भूमिका निर्वाह गर्ने छन् । यी दुबै खेलाडी आक्रामक ब्याटिङको लागि चिनिन्छन् ।

डेथ ओभर स्पेलिष्ट अभिनाश बोहराको स्थान पक्का पक्कि छ । तीन तीव्र गतिको बलरमा सोमपाल, करण र अभिनाश खेल्ने छ । करण र सोमपाललाई अलरान्डर मानिन्छ । नेपालले दुई स्पिनर मैदान उतार्ने छ । विश्व फ्रेन्चाइज लिगमा उच्च प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेलाई सुशन भारी वा साहब आलमले साथ दिने छन् । सुशनले राष्ट्रिय टोलीमा डेब्यू गर्ने बलियो सम्भावना छ । घरेलु क्रिकेट र उमेर समूहमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अर्कोतर्फ साहब तल्लोक्रममा ठूला सटको पनि क्षमता पनि राख्छन् । जसले साहबको सम्भावना बलियो छ । पार्टटाइम बलरमा दीपेन्द्र र कुशल मल्ल राम्रो स्पिन विकल्प हुने छन् । पछिल्लो समय घरेलु क्रिकेटमा दीपेन्द्र सफल पनि हुँदै आएका छन् ।

नेपालको सम्भावित प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल र साहब आलम ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.