5 years ago
April 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेख, कुशल भुर्तेल र स्पिनर साहब आलमले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सँग डेब्यू गरेका छन् ।

टियु क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आफ्नो टोलीमा तीन खेलाडीलाई डेब्यू दिएको छ ।
साहबले सन् २०१६ देखि २०१९ सम्म यू१९ खेलेका थिए । सन् २०१९ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेका थिए । साहब भने घरेलु क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।
आसिफले २०१६ मा नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज टि२० लिग इपिएलमा पञ्चकन्या तेजबाट खेल्दै कलिलो उमेरमै राम्रो प्रभाव छाडेका थिए । आसिफले फाइनलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको कलर्स एक्सफ्याक्टर्सविरुद्ध ६४ बलमा ७ चौका र ८ छक्का सहित १ सय ११ रनको शतकीय अविजित इनिङ खेलेपछि पञ्चकन्या च्याम्पियन बनेको थियो । आसिफले २०१८ मा भारतको लखनउमा नेपाल, भारत र अफगानिस्तानबीच भएको यू१९ टोलीमा कप्तानी गरेका थिए । २०१८ मा एसिया कपमा पनि आसिफलेनै कप्तानी गरेका थिए । अन्तिम पटक २०१९ मा श्रीलंकमा भएको यू१९ एसिया कप खेलेका थिए ।

गत माघमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिता उपाधि जित्यो । उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका साहबले ५ खेलमा १२ विकेट लिँदै प्रतियोगिता सर्वोत्कृष्ट बलर चुनिए ।
नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]