default_image

5 years ago

April 17, 2021

नेदरल्यान्ड्सविरुद्ध नेपाली बलरको राम्रो प्रदर्शन

257 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले १० ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको छ ।

सुरुवाती तीन ओभरमै दुई विकेट गुमाएपछि दबाबमा परेको नेदरल्यान्ड्सले बाउन्ड्रीको लागि संघर्ष गरि रहेको छ । नेपाली बलरले लगातार राम्रो प्रदर्शन गरि रहेका छन् । नेदरल्यान्ड्सका ओपनर स्कर्ट एडवार्डस् १७ बलमा २ चौका सहित १७ रनमा अविजित छन् । बास डी लिडे ३० बलमा ३ चौका सहित २३ रनमा अविजित छन् ।


दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । म्याक्सले ११ बलमा २ चौका प्रहार गरे । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका हुन् ।

१२–२ को कमजोर अवस्थामा रहेको नेदरल्यान्ड्सलाई तेस्रो विकेटका लागि लिडे र एडवार्डसले ३८ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका छन् । नेपालका लागि पहिलो खेलमा डेब्यू गरेका साहब आलमले आफ्नो पहिलो ओभरमा १४ रन खर्चेका थिए । सातौं ओभरमा बलिङ गरेका साहबले २ चौका सहित उक्त रन खर्चेका थिए ।


सोमपाल कामीले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिएका छन् । करण केसीले २ ओभरमा २ रन मात्र दिएका छन् । साहब आलमले २ ओभरमा २३ रन खर्चेका छन् ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.