default_image

5 years ago

April 17, 2021

नेपाललाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । नेदरल्यान्ड्का मध्यक्रमका ब्याट्सम्यान बास डी लिडेले ४९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । तल्लोक्रममा एन्टोनियस स्टल ९ बलमा २ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । कप्तान पिटर सीलार १७ बलमा २ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे । पाँचौं विकेटका लागि सिलार र स्टलले अन्तिम १८ बलमा ३४ रनको अविजित साझेदारी गर्दै टोलीलाई मध्यम योगफलमा पुर्याएका हुन् ।


दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । म्याक्सले ११ बलमा २ चौका प्रहार गरे । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाका थिए ।

एक समय १२–२ को कमजोर अवस्थामा पुगेको नेदरल्यान्ड्सलाई तेस्रो विकेटका लागि लिडे र एडवार्डसले ६१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । स्पिनर साहबले १४ औं ओभरको पाँचौं बलमा ओपनर स्कर्ट एडवार्डस्लाई ३० रनमा क्याच गराउँदै आफ्नो टि२० आई कअिरको पहिलो विकेट लिएका थिए । स्कर्टले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो शतक प्रहार गर्ने धुनमा स्कर्ट लङअनमा आरिफ शेखबाट क्याच आउट हुन पुगेका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा २२ रन खर्चे । सुरुवाती ३ ओभरमा ५ रन मात्र खर्चेका करणले अन्तिम ओभरमा १७ रन खर्चेका थिए । साहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २५ रन खर्चे ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.